सामसङका ए५२ र ए७२ को दुई नयाँ स्मार्ट फोन बजारमा, मूल्य ४२ हजारदेखि ५७ हजारसम्म

बिजमाण्डू
२०७७ चैत्र ११ गते ०९:४० | Mar 24, 2021
सामसङका ए५२ र ए७२ को दुई नयाँ स्मार्ट फोन बजारमा, मूल्य ४२ हजारदेखि ५७ हजारसम्म

Tata
GBIME

काठमाडौं। सामसङ नेपालले ग्यालेक्सी ए५२ र ए७२ गरी दुई फोन नेपाली बजारमा ल्याएको छ। 

ग्यालेक्सी ए सिरिजअन्तर्गत ए७२ स्मार्टफोनमा आकर्षक क्यामरा, स्मुथ स्क्रोलिङ्ग डिस्प्ले तथा आइपी-६७ जस्तो धुलो र पानी प्रतिरोधी नवीन प्रविधि तथा लामो समयसम्म टिकाउ हुने ब्याट्री समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ। 

ए सिरिज परिवारभित्र पावर प्याक्ड फिचरहरु भएको ग्यालेक्सी ए५२ पनि आकर्षक रहेको कम्पनीले जनाएको छ। 

दुवै स्मार्टफोन ६४ मेगापिक्सल क्वाड क्यामराका साथ उपलब्ध छ। साथै १६ मेगा पिक्सलको अल्ट्रा वाइड र ८ मेगा पिक्सलको  टेलि लेन्स पनि छ। ५ मेगा पिक्सलको माइक्रो लेन्सले क्लोजअप फोटो खिच्दासमेत क्रिस्टल क्लियर फोटो खिच्न सक्दछ भने ३२ मेगा पिक्सलको फ्रन्ट क्यामराले सेल्फीको दुनियामा छुट्टै नयाँ तहसम्म पुर्‍याउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसको ब्याट्री दुई दिनसम्म चल्न सक्छ। ग्यालेक्सी ए५२ को मूल्य ४१ हजार ९९९ छ भने ए७२ को ५१ हजार ९९९ रुपैयाँ तोकिएको छ। र्‍याम बढी भएको ए७२ को मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ। यी फोनहरु सामसङको आधिकारिक ब्राण्ड सप तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।