सरकारीस्तरको भुक्तानी सेवा प्रदायक 'नमस्ते पे' ले पायो अनुमति, ब्यालेन्सबाटै पैसा तिर्न मिल्ने




काठमाडौं। नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले सञ्चालन अनुमति पाएको छ। कम्पनीले सञ्चालन गर्ने नमस्ते पेलाई राष्ट्र बैंकले अनुमति दिएको छ।

राष्ट्र बैंकले चैत ५ गतेसम्म अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकहरुको अद्यावधिक विवरण सार्वजनिक गर्दै नमस्ते पेले अनुमति पाएको उल्लेख गरेको छ।

राष्ट्र बैंककाअनुसार नमस्ते पेको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। २०७६ वैशाखमा टेलिकम र वाणिज्य बैंकले संयुक्त रुपमा भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन गर्ने सम्झौता गरेका थिए।

TATA
Safety
TVS

नमस्ते पेले अनुमति पाएसँगै सरकारीस्तरबाट सञ्चालन हुने पहिलो पेमेन्ट गेटवे बनेको छ। उक्त कम्पनीको सबै सेटलमेन्ट राष्ट्रिय वाणिज्य बैंकले गर्ने छ।

अब नमस्ते पे प्रयोग गरेर एनटीसीका ग्राहकहरुले ब्यालेन्सबाटै विभिन्न युटिलिटीसहित अन्य प्रकारका भुक्तानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। नमस्ते पे प्रयोग गर्न इन्टरनेट विनानै प्रयोग गर्न सकिन्छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell