कतार एयरवेज बन्यो युरो कपको आधिकारिक एयरलाइन्स, १२ आयोजक शहरहरुमा उडान गर्ने

बिजमाण्डू
२०७७ फागुन ११ गते १५:१३ | Feb 23, 2021

Tata
GBIME
Nepal Life

दोहा। कतार एयरवेजले युरोपेली फुटबल महासंघ (युइएफए) सँग साझेदारी गर्दै यूरो २०२० को आधिकारिक एयरलाइन्स पार्टनर बनेको छ।

एयरलाइन्सले आगामी जुन ११ देखि एक महिनासम्म हुने युइएफए युरो २०२० को आधिकारिक एयरलाइन्स पार्टनर बन्ने घोषणा गरेको हो।

युरोपको सबैभन्दा ठूलो मानिने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको यो १६ औं संस्करण हो।

प्रतियोगिता अन्तर्गत एम्स्टरड्याम, बाकु, बिल्बाओ, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, डब्लिन, ग्लास्गो, लण्डन, म्युनिक, रोम तथा सेन्ट पिटर्सबर्ग गरी १२ विभिन्न आयोजक शहरहरुमा २४ देशले प्रतिस्पर्धा गर्नेछन्।

लण्डनको वेम्ब्ली रंगशालामा आगामी  जुलाई ११ मा फाइनल खेल आयोजना हुनेछ । कतार एयरवेजले सम्पूर्ण आयोजक शहरलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा पुर्‍याउने जनाएको छ।