राष्ट्र बैंकले ल्यायो सञ्चार नीति: कार्यकारी निर्देशकदेखि तलकाले सोधेर मात्र बोल्न पाउने

बिजमाण्डू
२०७७ फागुन ११ गते १४:४५ | Feb 23, 2021
राष्ट्र बैंकले ल्यायो सञ्चार नीति: कार्यकारी निर्देशकदेखि तलकाले सोधेर मात्र बोल्न पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। सूचना तथा जानकारी व्यवस्थित, सहज र पारदर्शी ढंगले सम्प्रेषण गर्ने उद्देश्यसहित राष्ट्र बैंकले मंगलबार सञ्चार नीति जारी गरेको छ।

सम्प्रेषित सूचनाको माध्यमबाट मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवर्द्धन र स्थायित्वमा टेवा पुर्‍याउँदै समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृद्धि गर्ने राष्ट्र बैंकले दाबी गरेको छ।

राष्ट्र बैंकले सूचनाको सम्प्रेषणका लागि पत्रपत्रिका, रेडियो टेलिभिजनबाहेक सामाजिक सञ्जाल पनि प्रयोग गर्नेछ। भारतलगायतका अन्य देशका केन्द्रीय बैंकले फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युबलगायतका माध्यमबाट सूचना दिइरहेका छन्। यसमा राष्ट्र बैंक निकै पछाडि छ।

राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरुले के कस्तो सूचना सम्प्रेषण गर्न पाउने भनेर पनि नीतिमा खुलाएको छ। गभर्नरले आफ्नो कार्यक्षेत्र भित्र पर्ने कुनै पनि काम कारवाही तथा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाका बारेमा कुनै पनि समयमा गभर्नर, डेपुटी गभर्नरहरुले सूचना सम्प्रेषण गर्न पाउने छन्।

बैंकको निर्णय तथा गतिविधिबारे बैंकको प्रवक्ता वा सहप्रवक्ताले सूचना दिन सक्नेछन्। उनीहरुलाई सञ्चार माध्यमलाई सूचना दिनु पर्छ। विभागीय प्रमुखहरुले गभर्नरलाई सोधेर मात्र दिनु पर्छ, त्यो पनि प्रवक्तासँग समन्वय गरेर मात्र। प्रदेश कार्यालयका हाकिहरुले प्रवक्तासँग समन्वय गरेर सूचना दिन पाउँछन्। काठमाडौंमा रहेका निर्देशक र त्योभन्दा तलका कर्मचारीले प्रवक्ताको स्वीकृति लिएर विशेषज्ञका रूपमा मात्र सूचना दिन पाउने छन्।