काठमाडौं। काठमाडौं वाहिर ४ अर्ब लगानीमा हाउजिङ परियोजना निर्माण सुरु भएको छ। भैरहवामा 'बोधी होम्स्' हाउजिङ परियोजनामा कुल ३ सय घरहरु निर्माण हुनेछ।
परियोजनाका अध्यक्ष जलेश्वर पाण्डेले दुई चरणमा निर्माण हुने हाउजिङ परियोजनाको पहिलो चरणमा एक सय ५ र दोस्रो चरणमा एक सय ९५ घरहरु निर्माण हुने जानकारी दिए। हाउजिङ परियोजनामा सीए दीपक पाण्डेसहित विघटित प्रतिनिधिसभा सांसद प्रमोद यादव, दिनबन्धु पोखरेललगायतका अन्य थुप्रै व्यवसायीहरुको लगानी रहेको छ।
छविलाल कुँवर र रविन्द्र कुँवर पनि लगानीकर्ता हुन्। उनीहरु गैरआवासीय नेपाली ब्यवसायी हुन्। लगानीकर्ताहरुले यसअघि काठमाडौंलगायतका स्थानहरुमा पाँच तारे होटल, आवासीय कोलोनी निर्माणका साथै बैंक तथा वित्तीय संस्थाहरुमा लगानीसहितको अनुभव छ।
पहिलो चरणमा बन्ने घरहरुको निर्माण १८ महिना भित्र सक्नेगरी काम सुरु भइसकेको छ। दोस्रो चरणमा बन्ने घरहरुको निर्माण मंसिर २०७८ बाट सुरु गरेर दुई वर्षमा सक्ने योजना रहेको पाण्डेले जानकारी दिए। कुल १४ बिघा (एक सय ८६ रोपनी ६ आना १.८८५ दाम) मा निर्माण हुने यस परियोजना भैरहवाकै ठूलो आवासीय परियोजना हुने देखिन्छ।
केही दिन भित्रै बुकिङ खोल्ने तयारी भइरहेको छ। परियोजनाको पहिलो २० वटा घर बुकिङ गर्ने ग्राहकहरुलाई आकर्षक अफर दिने पाण्डेले बताए। बुकिङ खोलेपछि मात्रै घरहरुको मूल्य सार्वजनिक गर्ने तयारी छ।
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलोमिटर पूर्वमा निर्माण हुने यो हाउजिङ परियोजनाको पछाडि नेपालकै सबैभन्दा ठूलो क्यासिनोसहितको पाँच तारे होटल निर्माण गर्ने योजनासमेत रहेको पाण्डेले बताए।
'होटल र क्यासिनो हाउजिङ परियोजनाको ठीक पछाडी निर्माण गर्ने योजना छ,' उनले बिजमाण्डूसँग भने,'पहिलो चरणको हाउजिङ परियोजना 'क्लोजर' गरेपछि दोस्रो चरणसँगै क्यासिनोसहितको होटल निर्माण अगाडि बढाउने हाम्रो योजना छ।' अहिलेसम्म उक्त होटल र क्यासिनोको नामसहित प्राविधिक तयारी नटुंगिएको उनले बताए।
हाउजिङ परियोजनामा निर्माण हुने घरहरु १३ धुर (६ आना ३ पैसा २.७६४ दाम) देखि १८ धुर (९ आना २ पैसा १.३६६ दाम) सम्मको हुनेछन्। तीन सय घरहरु साढे २ तलासहित चार वटा विभिन्न डिजाइनमा निर्माण गरिने योजना छ।
हाउजिङ परियोजनामा सुविधा सम्पन्न आधुनिक प्रविधिका घर, चौडा सडक, खुला तथा हरित क्षेत्र, स्वीमिङ पुल, हेल्थ क्लब, रेष्टुरेष्ट, सपिङ सेन्टर, सभा हललगायतका सुविधासहितका पूर्वाधार निर्माण हुने कम्पनीले जनाएको छ।
भैरहवाको ग्रोथले नै तान्यो हाउजिङमा ठूलो लगानी
विगत ५-६ वर्षको विकासक्रम हेर्दा बढी सहरीकरण विस्तार हुनेमा भैरहवा पर्ने पाण्डेको दाबी छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भारतसँगको सीमा नजिकै रहेकाले नेपालीहरुभन्दा भारतीयहरुले त्यसको प्रयोग गर्ने सम्भावनाका कारण आर्थिक गतिविधिसँगै जनघनत्व बढ्ने देखिएको पाण्डेले बताए।
त्यसैगरी, नेपालको तराई क्षेत्रको सबैभन्दा बढी भीडभाड पनि भैरहवामै थुप्रिने देखिएकाले ठूलो लगानीसहित आवासीयसँगै केही वर्षमा क्यासिनोसहितको होटल निर्माणको योजना लिएर अघि बढेको पाण्डेले बताए। आवासीय क्षेत्र वरपर चार वटासम्म ठूलो लगानीमा पाँचतारे होटल निर्माणकै क्रममा रहेकाले हाउजिङ परियोजना त्यसै क्षेत्रमा ल्याउन प्रेरित गरेको उनको भनाइ छ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेसँगै बुद्ध जन्मभूमिमा विदेशी पर्यटक ओइरिने आकलन गर्दै पछिल्लो समय भैरहवा तीव्र गतिमा सहरीकरण भइरहेको छ।
सुबास सागर[ 2021-02-24 01:50:26 ]
घर बनाउन भन्दा कलकारखाना खोल्नु नि हामिले रोजगार पाउने थियोे कि स्वदेशमा
Kumar Jang Gurung Lamchhane[ 2021-02-26 01:54:15 ]
how much does it cost ?
Typhoon Pradp[ 2021-02-25 04:05:30 ]
तर हाम्रो देशको हरेक रोड, घर, पार्क योजना को लागि तयार गरेको नक्सा मात्र यस्तो चिटिक्क देखिने बास्तबिकमा जहिल्यै धुलाम्य!
Dharma Shakya[ 2021-02-26 03:12:21 ]
घर र शहर नेपालमा रोजगारी बिदेशमा रोजगार बन्द सबै बेकार त्यसपछि हाहाकार ।
Dorje Dorje[ 2021-02-25 11:48:19 ]
हाउजिङ सिस्टम बनाउने हो भने हाउजिङ भित्र रेष्टुरेन्ट होटल ,सानातिना किराना पसल चलाउने गरि बनाउन हुदैन ,यदि तेस ठाउँको बातबरण सहि राखन्ने हो भने ।तेसता धेरै बिकसित देशहरुले हाउजिङ एक साईड,र तेसको एक किलोमिटरको दुरिमा रेष्टुरेन्ट होटल ,विभिन्न पसल हरु , र तेसको दुई तीन किलोमिटरको दुरिमा कलकारखाना ,विभिन्न किसिमको सानोतिनो फयाकटयारिहरु बनाउछ। तेसरिनै बनाउने हो भने बयाबसथित किसिमको बस्ती हरु देखिन्छ हरेक ठाउँमा तेसरिनै बनाउदा ,एक घर एक रोजगार हुन्छ ,
Gh Deep Gautam[ 2021-02-25 12:48:46 ]
4 aarba lagayara ramro company khola roggar painto roggar vaya si balla ghar kinna paisa aauto
V.k. Singh Chaudhary[ 2021-02-25 03:30:40 ]
कलकारखाना खोलेर रोजगार तिर ध्यान दिये हुन्थयो ।
Cholakant Khanal[ 2021-02-25 01:45:42 ]
दिल्ली को मोडल टाउन मा मोडल बनौस पछि कसैलाइ
पछुताउन न पर्ला पारक सहित ,
Padam Budha[ 2021-02-26 01:01:54 ]
हेरै अब के कस्तो बन्छ। नेपाल हो
Ramu Adhikari[ 2021-02-25 05:08:42 ]
company khola pagal haru 4 arba le🙄
Gunja Kunwar[ 2021-02-25 03:41:27 ]
Motor gadi mob malbiu ko. etc ka Factory kholnu ni
Jay Yadav[ 2021-02-26 02:27:40 ]
Fureniture ko lagi cont 9845313444/9807161999
Motilal Bhattarai[ 2021-02-25 12:21:21 ]
मुल्य कति पर्दो रहेछ??
Mansiri Trading Nepal[ 2021-02-25 01:17:46 ]
Preeti Bajracharya Gubhaju[ 2021-02-26 04:12:36 ]
Kaile ho
Bikash Dhital[ 2021-02-25 09:24:57 ]
European door British Hardware Centerlai samjhinu hola
Ram Jeet Yadav Rs[ 2021-02-25 04:17:36 ]
Pramod ko coloni
Mintu Jha[ 2021-02-25 01:46:06 ]
Kisun Dev Yadav
Tanka Khadka[ 2021-02-25 11:45:55 ]
Good job
Dharamvir Jaiswal[ 2021-02-25 08:45:37 ]
Good luck
Baburam Thapa[ 2021-02-25 08:03:53 ]
Good news
Hari Puri[ 2021-02-25 05:32:34 ]
good
Mohan Karki[ 2021-02-25 04:01:04 ]
Good news
Krishna Subedi[ 2021-02-25 02:44:02 ]
Lila Prasad Ojha
Dhundiraj Kharal[ 2021-02-25 01:48:56 ]
Really