एशियन पेन्ट्सको डिजाइन प्रतियोगिता, ललितपुर महानगरको भवन डिजाइन गरेर बने बिजेता

बिजमाण्डू
२०७७ फागुन १० गते १५:३८ | Feb 22, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। एशियन पेन्ट्सले दि क्लाइडोस्कोप आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताको  विजेताहरु घोषणा गरेको छ ।

एशियन पेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको डिजाइन प्रतियोगितामा ५ जना बिजेताहरु चयन भएका हुन्।  

प्रतियोगितामा ललितपुर महानगरपालिकाको नगर कार्यालय भवनको ब्लक बिको डिजाइन गर्नुपर्ने प्रोजेक्ट थियो । दि क्लाइडोस्कोप नेपाल आर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगितामा बि आर्कका अन्तिम समूहका विद्यार्थीहरु सहभागी रहेको एशियन पेन्ट्सले जनाएको छ।

जसमध्ये उत्कृष्ट पाँच चुनिएका थिए। आइ.ओ.इ, पूर्वाञ्चल क्याम्पसका शुभम कार्कीले पहिलो पुरस्कार जित्दै एशियन पेन्ट्सको तर्फबाट ७० हजार र ललितपुर महानगरपालिकाका तर्फबाट २५ हजार नगद प्राप्त गरे।

आइ.ओ.इ, थापाथली क्याम्पसकी सुनिता गुरुङले दोस्रो हुँदै एशियन पेन्ट्सको तर्फबाट ४० हजार र ललितपुर महानगरपालिकाको तर्फबाट २० हजार रुपैयाँ पाइन्।

तृतीय पुरस्कार विजेता आइ.ओ.इ, थापाथली क्याम्पसकी प्रवासा बज्राचार्यले एशियन पेन्ट्सको तर्फबाट ३० हजार र ललितपुर महानगरपालिकाको तर्फबाट १५ हजार रुपैयाँ प्राप्त गरिन्।

बिजेताहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पुरस्कार वितरण गरेका थिए।

आई.ओ.इ, थापाथलीक्याम्पसका दीप्गेस्ट कटुवाल र आइ.ओ.इ  पुल्चोक क्याम्पसका विवेक हिमालयले सान्त्वना पुरस्कार बापत एशियन पेन्ट्सको तर्फबाट १० हजार र ललितपुर महानगरपालिकाको तर्फबाट, १० हजार रुपैयाँ पाएको कम्पनीले जनाएको छ ।

ल.पु.महानगरपालिकाले अन्य १० जना सहभागीहरुलाई पनि पाँच, पाँच हजार रुपैयाँ नगद दिने घोषणा गरेको छ।

प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, काठमाण्डु इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पस तथा इन्जिनियरिङ अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरुले भाग लिएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।