काठमाडौं महानगरले एसएलसी उत्तीर्णलाई जागिर दिँदै, नेपाल भाषा प्रशिक्षणका लागि १७२ जना माग

बिजमाण्डू
२०७७ माघ २९ गते ०९:०३ | Feb 11, 2021
काठमाडौं महानगरले एसएलसी उत्तीर्णलाई जागिर दिँदै, नेपाल भाषा प्रशिक्षणका लागि १७२ जना माग

Tata
GBIME

काठमाडौं। काठमाडौं महानगरपालिकाले एलएलसी (एसईई) उत्तीर्ण १७२ जना कर्मचारी माग गरेको छ। महानगरले नेपाल भाषाका प्रशिक्षण सहायक माग गरेको हो।

यो सहायक स्तर चौथो तह हो। कर्मचारी करारमा लिने महानगरले जनाएको छ। कुल ११० पूर्णांकको परीक्षा हुने छ। यसमध्ये लिखित १०० र मौखिक १० पूर्णांकको हुने छ।

१८ देखि ४० वर्षसम्मका लागि आवेदन दिन पाउने छन्। नेपाल भाषा संरक्षण र सम्बर्द्धन गर्ने दर्तावाल संस्थाले नेपाल भाषा बोल्न, लेख्न र प्रशिक्षण गर्न योग्य छ भनि दिएको सिफारिस अनिवार्य रूपमा चाहिन्छ। 

न्यूनतम एक वर्ष शिक्षण अनुभव भएकाहरुलाई उमेरको हद लाग्दैन। महानगरका बासिन्दालाई प्राथमिकतामा राखिएको छ। आवेदन दिन ५०० रुपैयाँ तिर्नु पर्नेछ। १५ दिनभित्र आवेदन दिइसक्नु पर्छ।