सडक निर्माणमा किन सिमेन्ट कंक्रिट प्रविधिमा जाने? इ. राजेन्द्र राज शर्माको लेख 




सम्बन्धित निकायहरुले अब ढिलो नगरी सिमेन्ट कंक्रिटका सडकहरु डिजाइन, निर्माण र मर्मतका सम्बन्धमा स्पष्ट निर्देशिकाहरु बनाएर जारी गर्न आवश्यक छ। कस्ता सडकहरुमा सिमेन्ट कंक्रिट प्रयोग गर्ने, कसरी प्रयोग गर्ने, गुणस्तरीय निर्माण कसरी गर्ने भन्ने बारेमा निर्देशिकाहरुले स्पष्ट दिशानिर्देश गर्नुपर्ने हुन्छ।

---

समान्य भाषामा कुनै पनि सवारी साधन गुड्नसक्ने बाटोलाई सडक र अलि उच्चस्तरको सडकलाई राजमार्ग भनिन्छ। सतहको बनोटका आधारमा सडकलाई माटे, ग्राभेल र पक्कीमा वर्गीकरण गरिएको हुन्छ। 

रोडा बालुवालाई बिटुमिन, अलकत्र वा सिमेन्ट जस्ता जोड्ने सामग्रीहरुसँग उचित मात्रामा मिसाएर जोडेर एक ढिक्का बनाएर पक्की सडक निर्माण गरिन्छ। बिटुमिन र रोडा मिलाएर बनाएको मिश्रणलाई बिटुमिन वा अस्फल्ट कंक्रिट पनि भनिन्छ।

बिटुमिन (कतिपय देशमा अस्फाल्ट पनि भन्ने गरिन्छ) वा अलकत्रा प्रयोग गरेर बनाइने सडकको सतह लचिलो हुन्छ। सतह कालो रंगको हुने भएकाले यस्तो सडकलाई 'कालोपत्रे सडक' पनि भन्ने गरिन्छ। यस्तो सतहले ट्राफिक (यातायात) को भार तुलनात्मक रूपमा सानो क्षेत्रमा फैलाउँछ। त्यसैले यस्तो सडक सतह निर्माण गर्न मजबुत माटो/जग भएको ठाउँ आवश्यक पर्दछ। 

TaTa
TVS

ट्राफिक भार, हावापानी र घामबाट हुने सानातिना खुम्चाई वा फैलाई यस्तो सतहले आफैंभित्र समाहित गराउन सक्छ र चर्कने वा फुट्ने सम्भावना कम हुन्छ। त्यसैले यस्तो सडक सानो मोटाइमा पनि बनाउन सकिने हुँदा तुलनात्मक रूपमा सस्तो पर्न आउँछ।

अर्कोतिर, सडक निर्माणमा सिमेन्ट प्रयोग गरि ढलान गरेर बनाउने प्रविधि पनि छ। यसरी बनाइने सडक सतहले ठूलो क्षेत्रमा भार फैलाउन मद्दत गर्छ। तसर्थ तुलनात्मक रूपमा कमजोर माटो वा जग भएको ठाउँमा पनि यस्तो सडक सतह निर्माण गर्न सकिन्छ। 

सिमेन्ट ढलान गरेर बनाइने सडक सतह कम लचिलो र कडा हुने भएकाले एकपटक चर्केर चिरा परेको खण्डमा फेरि जोडिंदैन। तसर्थ चिरा पर्न नदिनका लागि बढी मोटाइको स्ल्याबका रूपमा ढलान गर्नुपर्ने हुन्छ। यसैले सिमेन्ट कंक्रिट प्रयोग गरेर बनाइने सडकहरु तुलनात्मक रूपमा महँगा हुन्छन्।

नेपालमा अहिले राष्ट्रिय राजमार्ग, प्रादेशिक राजमार्ग र स्थानीय सडकहरु गरेर लगभग एक लाख किलोमिटर सडक भएको अनुमान छ। यसमध्ये करिब १३% पक्की, २१% ग्राभेल र ६६% माटे सडक छन्। पक्की सडकहरुमा ९५% भन्दा बढी बिटुमिन प्रयोग गरेर बनाएका कालोपत्रे छन्।

सिमेन्ट ढलान गरेर बनाइने सडक सतह कम लचिलो र कडा हुने भएकाले एकपटक चर्केर चिरा परेको खण्डमा फेरि जोडिंदैन। तसर्थ चिरा पर्न नदिनका लागि बढि मोटाइको स्ल्याबका रूपमा ढलान गर्नुपर्ने हुन्छ। यसैले सिमेन्ट कंक्रिट प्रयोग गरेर बनाइने सडकहरु तुलनात्मक रूपमा महँगा हुन्छन्।

---

बिटुमिन/अलकत्रा
कच्चा तेललाई प्रशोधन गर्ने क्रममा विभिन्न हलुका ग्यास, पेट्रोल, मट्टितेल, डिजेल जस्ता पदार्थहरु निकालिसकेपछि कालो लेदो पदार्थ तल थिग्रेर बस्छ। यसरी थिग्रेर बसेको पदार्थ नै बिटुमिन हो। उक्त कालो लेदो पदार्थलाई थप केही सामान्य प्रक्रियाहरु पश्चात विभिन्न ग्रेडका बिटुमिनहरुका रूपमा प्रयोगका लागि प्याक गरेर पठाइन्छ। यसरी सडक निर्माणमा प्रयोग गरिने बिटुमिन उत्पादन हुन्छ।

यस्तै, काठलाई अक्सिजन बिनाको वातावरणमा तताएर निकालिने एक प्रकारको झोल अलकत्रा हो। पहिले पहिले सडक निर्माणमा अलकत्राको प्रयोग निकै गरिन्थ्यो। वातावरणीय हिसाबले र स्वास्थ्यलाई पनि निकै हानिकारक हुनुका साथै टिकाउ पनि नहुने भएकाले आजकल सडक निर्माणमा अलकत्रा प्रयोग गरिँदैन। तसर्थ कालोपत्रे सडक निर्माणमा अहिले एकछत्ररूपमै बिटुमिन प्रयोग हुन्छ। 

नेपालमा आफ्नै कच्चा तेल उत्पादन नहुने र कच्चा तेल प्रशोधन पनि नहुने भएकाले सडक निर्माणमा प्रयोग हुने सबै बिटुमिन आयातबाटै पूर्ति हुन्छ। भन्सार विभागको तथ्यांक अनुसार नेपालमा आव २०७६/७७ मा रू ७.६१ अर्ब रुपैयाँ बराबरको एक लाख ८५ हजार ३४५ मेट्रिक टन बिटुमिन आयात भएको देखिन्छ। नेपालमा भारत, साउदी अरेबिया, यूएई, इरान, सिंगापुर र कतार लगायतका मुलुकहरुबाट बिटुमिन आयात हुन्छ। 

नेपालजस्तो गरिब मुलुकका लागि विदेशी मुद्रा खर्चिएर बिटुमिन आयात गरेर सडक निर्माण गर्दा साँच्चिकै निकै महँगो परिरहेको छ।

सिमेन्ट कंक्रिट सडकका केही नराम्रा पक्षहरु भए पनि त्यस्ता प्रभावहरु सजिलै न्यूनीकरण गर्न सकिने किसिमका हुन्छन्। स्वदेशमै उत्पादन हुने कच्चा पदार्थबाट बन्ने भएकाले कालान्तरमा सिमेन्टको उत्पादन लागत पनि घटेर शुरुआती (निर्माण) खर्चमा समेत सिमेन्ट कंक्रिट सडकहरु बिटुमिन सडकहरुसँग प्रतिस्पर्धी हुने कुरामा शंकै छैन। यसकारण सडक निर्माणमा सिमेन्ट कंक्रिट हाम्रा लागि अपरिहार्य प्रविधि हुनेछ।

---

सिमेन्ट कंक्रिट सडकका फाइदा
सिमेन्ट उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थ चुनढुंगा नेपालमा यथेष्ट पाइन्छ। यसकारण पनि हामीले आफ्नै देशमा प्रशस्त सिमेन्ट उत्पादन गर्न सकिने सम्भावना छ। आव २०७६/२०७७ मा नेपालका दुई दर्जनभन्दा बढी सिमेन्ट प्लान्टहरुबाट ८७,७५,००० मेट्रिक टन सिमेन्ट उत्पादन भएको थियो भने ६,२३,२८० मे. टन आयात गरिएको थियो।

यसका बाबजुद नेपालमा सिमेन्टको प्रयोग घर, पुल लगायतका संरचनाहरु बनाउनमा हुने भए पनि सडक निर्माणमा भने यसको प्रयोग नगन्य मात्रामा भएको पाइन्छ।

सडक सतह निर्माणमा सिमेन्ट/कंक्रिट प्रयोगको इतिहास लगभग सय वर्षजति पुरानो छ। त्यहि समयमा डिजेल/पेट्रोलले चल्ने सवारी साधनहरुको व्यापक विकास भयो। यस्ता सवारी साधनहरुको पहुँच सर्वसाधारणसम्म पुगेका कारण अत्यधिक प्रयोग हुन थाल्यो। 

ती सवारीहरुले प्रयोग गर्ने डिजेल तथा पेट्रोलको उत्पादन ह्वात्तै बढेसँगै बिटुमिनको उत्पादन पनि निकै बढेर सस्तो हुन थाल्यो। तेल प्रशोधनपछि त्यसै खेर जाने बिटुमिनलाई सडक निर्मणमा प्रयोग गर्न सकिने खोजहरु भए र सफलता पनि प्राप्त भयो। 

सिमेन्ट कंक्रिट सडक बनाउनुभन्दा निकै सस्तोमा त्यस बखतको सवारी साधनको भार बहन गर्न सक्ने बिटुमिन सतह भएका सडकहरु बन्न थाले। एक किसिमले भन्नुपर्दा डिजेल वा पेट्रोलबाट चल्ने सवारी साधनहरुको प्रचुरताले आफैं तिनलाई गुड्न आवश्यक पर्ने बाटो निर्माण गर्ने भरपर्दो निर्माण सामग्रीको पनि जोहो आफैं हुँदै गयो।

पछिल्लो समयमा आएर सवारी साधनहरुको भार लगायत संख्या पनि अत्यधिक बढेसँगै सडक निर्माण अत्यन्तै मजबुत र टिकाउ हुनुपर्ने दबाब उच्च भइरहेको अवस्थामा सिमेन्ट कंक्रिट सडकहरुको निर्माणको क्रम पनि बढिरहेको छ।

कालोपत्रे सडकको आयु सिद्धान्ततः प्रायः १०-२० वर्षको हुन्छ। अझ निर्माण गर्ने बेला गुणस्तरमा राम्रो ध्यान पुर्‍याउन सकेन भने त त्यति पनि हुँदैन। यो अवधिमा पनि बर्सेनि खाल्डाखुल्डी टाल्ने र ५-६ वर्षको अन्तरालमा सतहमा केही पत्रहरु थपिरहनुपर्ने हुन्छ। नेपालमा कतिपय कालोपत्रे सडकहरु बनाएको १-२ वर्षभित्रै बिग्रिएका पनि छन्। 

सिमेन्ट कंक्रिटले बनाएका सडकहरु भने बिना कुनै मर्मत ३०-४० वर्षसम्म सजिलै टिक्छन्। यसले गर्दा शुरुमा निर्माण गर्न केही बढी खर्चिलो देखिए पनि सडकको आयु (३०-४० वर्ष) को जीवन चक्रमा हुने मर्मतसम्भार खर्चको विश्लेषण गर्दा कालोपत्रे सडकभन्दा सिमेन्ट कंक्रिट सडक निकै नै सस्तो पर्न आउँछ।

मैले गरेको एक अध्ययनले ३० वर्षको अवधिको आर्थिक विश्लेषणबाट कालोपत्रे सडकभन्दा सिमेन्ट कंक्रिट सडक ३०% सस्तो हुन आएको पाइयो।

कालोपत्रे सडक सतहले भारलाई सानो क्षेत्रमा फैलाउने भएकाले निर्माण भएको केही समयपछि नै सडक एकनासले नदबिएर अग्लो होचो हुने र खाल्डाखुल्डी निस्कन थाल्छन् भने सिमेन्ट कंक्रिट सडकमा त्यस्तो हुँदैन। यसले गर्दा सिमेन्ट कंक्रिट सडकमा डिजाइन अवधिभर सवारी साधन सुविस्ताकासाथ चल्नसक्ने हुन्छन्।

कालोपत्रे सडकको तुलनामा सिमेन्ट कंक्रिटमा कम उबडखाबड हुने भएकाले सडकमा बढी गतिमा सवारी चलाउन सकिन्छ। साथै सडकमा परेको पाङ्ग्राको भारले कंक्रिटको सतहलाई त्यति नलच्काउने भएकाले गुड्नमा अवरोध उत्पन्न हुँदैन। यसले गर्दा टायर तथा सवारीमा हुने क्षति पनि कम हुन्छ। अवरोध कम भ एपछि इन्धनको खपत पनि कम हुन आउँछ। भारतमा गरिएको एक अनुसन्धान अनुसार कालोपत्रे सडकभन्दा कंक्रिटको सडकमा १४ प्रतिशत कम इन्धन खपत हुन्छ।

सडकमा हिँड्ने मोटरहरुबाट प्रायः सडकमा विभिन्न कारणले डिजेल, पेट्रोल, लुब्रिकेटिङ तेल पोखिने गरेको पाइन्छ। यस्ता तेलहरुले बिटुमिनलाई सजिलै घुलाउँदछन्। यसरी तेलमा घुलेपछि बिटुमिन र रोडा बालुवाको बीचको जोडाइ छुट्न जान्छ र सडकमा कचौरा आकारका खाल्डाहरु (पट होल्स) निस्कन थाल्छन् र सडक चाँडै बिग्रन्छ। तर सिमेन्ट कंक्रिट सडकमा त्यस्तो प्रकारको तेलको कुनै असर पर्दैन।

खुल्ला ठाउँमा हुने भएकाले सडक सतहले सधैं घाम-पानीको मार खेप्नुपर्ने हुन्छ। बिटुमिनले बनेको सडक सतहको रंग कालो हुने भएकाले घामको ताप बढी सोस्छ र चाँडै तात्दछ। तातेपछि बिटुमिन सजिलै पग्लिने र पग्लेपछि नरम हुने भएकोले सडक पकड कमजोर भएर चाँडै बिग्रन्छ। चर्को घाममा बिटुमिन पग्लिएर सडक सतह चिप्लो (ब्लिडिंग) हुने र दुर्घटना निम्त्याउने सम्भावना पनि रहन्छ। सडक सतह धेरै तातेपछि तीब्र गतिमा गाडी चल्दा टायरहरु पड्कने र सुरक्षामा समेत चुनौती पैदा हुने गर्दछ। 

सडक र यससँग जोडिएका यस्ता जोखिमहरु सिमेन्ट कंक्रिट सडकमा न्यून हुन्छ। सिमेन्ट कंक्रिट सडकको सतह सेतो वा खैरो हुने भएकाले घामको असर पनि एकदमै कम पर्छ।

यस्तै, पानीले पनि सडक सतहभन्दा मुनिका तहहरुमा पसेर तिनलाई कमजोर बनाइदिन्छ र भारबहन क्षमतामा ह्रास ल्याइदिन्छ। पानीले सतहमा भएको बिटुमिन र रोडाबीचको पकड कमजोर गराउँदै आखिरमा एकअर्काबाट अलग्याउने समेत गर्छ। 

प्रायः पानीलाई सडक इञ्जिनियरिङको दुश्मनका रुपमा लिइने गरिन्छ। यसविपरीत सिमेन्ट कंक्रिटको हकमा पानीले सिमेन्टको सेटिङ प्रक्रियामा समेत सहयोग गर्ने भएकाले यस बनाएका सडकमा पानीको नराम्रो असर कम मात्र पर्दछ। त्यसैले कंक्रिट सडकलाई ‘पानी मैत्री’ सडक पनि भन्न सकिन्छ। 

सडकमा सवारी साधनलाई सुरक्षित तवरले चलाउन टायर र सडकको बीचमा उचित मात्रामा घर्षण हुनु जरुरी हुन्छ, अर्थात् सडक सतह प्रशस्त मात्रामा खस्रो हुनुपर्दछ। सिमेन्ट कंक्रिट सडक कालोपत्रे सडकभन्दा यो मामिला पनि राम्रो मानिन्छ।

कालोपत्रे सडक बनाउँदा बिटुमिन तताउन प्रयोग हुने इन्धन बल्ने क्रममा र बिटुमिन आफैं पनि तात्ने हुँदा त्यसबाट धेरै हानिकारक ग्यासहरु उत्सर्जन हुन्छन् । यस हिसाबले पनि सिमेन्ट कंक्रिट सडकहरु वातावरणमैत्री हुन्छन्।

नेपालजस्तो आफ्नै तेल उत्पादन खानी नभएको देशमा कालोपत्रे सडक बनाउन महँगो विदेशी मुद्रा तिरेर बिटुमिन आयात गर्नुपर्ने हुन्छ। जबकि सिमेन्ट कंक्रिट सडक बनाउन सबै निर्माण सामग्रीहरु आफ्नै देशमा प्रचुर मात्रामा पाइने हुँदा विदेशी मुद्रा सञ्चितिमा समेत सहयोग पुग्छ।

नेपालमा आफ्नै कच्चा तेल उत्पादन नहुने र कच्चा तेल प्रशोधन पनि नहुने भएकाले सडक निर्माणमा प्रयोग हुने सबै बिटुमिन आयातबाटै पूर्ति हुन्छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालमा आव २०७६/७७ मा रू ७.६१ अर्ब रुपैयाँ बराबरको एक लाख ८५ हजार ३४५ मेट्रिक टन बिटुमिन आयात भएको देखिन्छ। नेपालमा भारत, सउदी अरेबिया, यूएई, इरान, सिंगापुर र कतार लगायतका मुलुकहरुबाट बिटुमिन आयात हुन्छ। 

---

सिमेन्टेड सडकका चुनौतीहरु 
सिमेन्ट कंक्रिटका सडकहरु धेरै प्रयोगमा आउन नसक्नुको सबैभन्दा ठूलो कारण यो अत्यधिक महँगो हुनु हो। उत्तिकै भारबहन गर्नुपर्ने र उस्तै ट्राफिक तथा वातावरणमा सडक बनाउनु पर्दा बिटुमिन कंक्रिटको तुलनामा सिमेन्ट कंक्रिटको सडक सतह बिटुमिन कंक्रिटको सडक सतहभन्दा झण्डै तीन गुणा महँगो हुन्छ ।

कालोपत्रे सडक कालो हुने भएकाले रातिको समयमा सवारी चलाउँदा बढी असुरक्षा 'महसुस' हुने गर्दछ । अर्कोतर्फ, सिमेन्ट कंक्रिट सडकको सेतो सतहले प्रशस्त प्रकाश परावर्तन गराउने भएकाले वरिपरिको वातावरण उज्यालो भएर आवागमन बढी सुरक्षित ठानिन्छ।

तर राति सिमेन्ट कंक्रिट सडक उज्यालो भएर सुरक्षित हुने ठानिए पनि अगाडिको सवारीको हेडलाइटको चमकले सडक सतह टल्किने हुँदा विपरीत दिशाबाट आइरहेको सवारी चालकको आँखा तिरमिराउने समस्याहरु आउन सक्छ। राति मात्र होइन दिउँसोको घाम पनि टल्केर चालकको आँखामा थप तनाव उत्पन्न हुन सक्छ। यसले दुर्घटनाहरु बढाउने पनि सम्भावना पनि रहन्छ।

सिमेन्ट कंक्रिट प्रयोग गरेर बनाइएका सडकहरु एकपटक बनेर ढिक्का भइसकेपछि फुटाएर टुक्रे मर्मत गर्न धेरै गाह्रो हुन्छ। यसैले सडक मुनि बिच्छ्याइएका पानी, बिजुली, टेलिफोन, केबल, ढल इत्यादिका लाइनहरु सडक काटेर मर्मत गर्न असम्भवप्रायः हुन्छ। त्यसैले सडक बनाउनुअघि नै असाध्यै राम्रोसँग यी लाइनहरु व्यवस्थापनको योजना बनाउनु पर्दछ।

तापक्रमको उतारचढावसँगै सडक सतह फैलने, खुम्चने, दोब्रिने हुन्छ। कालोपत्रे सडकको हकमा सडक सतहमा उत्पन्न हुने तनाव सजिलै पुनर्वितरण हुने हुँदा यसको खासै असर देखिँदैन। तर सिमेन्ट कंक्रिटको सतहको हकमा यसको आफ्नै भारले वा मुनिको सतहसँगको घर्षणले यो प्रक्रिया स्वतन्त्र रूपले चल्न पाउँदैन र थप तनाव उत्पन्न हुन्छ। 

यो तनाव व्यवस्थापन गर्न सिमेन्ट कंक्रिट सडकमा जोर्नीहरु बनाउनुपर्ने हुन्छ। यी जोर्नीहरुले गर्दा सडकमा हिंड्ने सवारीहरुबाट ढ्याक ढ्याक ढ्याक ढ्याक गरेर नमिठो आवाज उत्पन्न हुन्छ, जुन कुराले यात्रा गर्नेहरुलाई चिडचिडाहट उत्पन्न गर्नुका साथै घना बस्ती भएको क्षेत्र वा वन्यजन्तुहरुको वासस्थान भएको क्षेत्रमा यो राम्रो मानिंदैन।

यद्यपि, राम्रोसँग बनाएको खण्डमा सिमेन्ट कंक्रिटको सडकहरुबाट धेरै लामो समयसम्म बिनामर्मत उत्कृष्ट सेवा प्राप्त हुन्छ। तर पनि फुट्ने, चर्कने वा चोइटिने लगायतका केही विकृतिहरु उत्पन्न भएको खण्डमा मर्मत गर्न सिमेन्ट कंक्रिट सडकमा एकदमै गाह्रो हुन्छ।
सिमेन्ट कंक्रिट सडक निर्माण गरेपछि यातायात खुला गर्नका लागि कम्तिमा पनि २८ दिन सिमेन्टलाई सेटिङ हुन दिनु पर्दछ। त्यसैले यसको निर्माणमा कालोपत्रे सडकभन्दा बढी अवधि लाग्छ। 

कालोपत्रे सडकको आयु सिद्धान्ततः प्रायः १०-२० वर्षको हुन्छ। अझ निर्माण गर्नेबेला गुणस्तरमा राम्रो ध्यान पुर्‍याउन सकेन भने त त्यति पनि हुँदैन। यो अवधिमा पनि बर्सेनि खाल्डाखुल्डी टाल्ने र ५-६ वर्षको अन्तरालमा सतहमा केही पत्रहरु थपिरहनुपर्ने हुन्छ। नेपालमा कतिपय कालोपत्रे सडकहरु बनाएको १-२ वर्षभित्रै बिग्रिएका पनि छन्। 

---

सडक निर्माणको भविष्यमुखी प्रविधि
सर्सर्ती हेर्दा सिमेन्ट कंक्रिट सडकका बेफाइदाभन्दा फाइदाहरु धेरै भए पनि किन सिमेन्ट कंक्रिट सडकहरुले जम्मा पक्की सडकको कुल लम्बाइको ५% जति मात्रै ओगटेका छन्?

पछिल्लो समयमा संसारभरि नै सडकमा यातायातका साधनहरुको अत्यधिक वृद्धि मात्रै भएको होइन, यातायातका साधनहरुको भारबहन क्षमता र प्रकृतिमा समेत ठूलो परिवर्तन आएको छ। यो क्रम जारी नै रहने हुँदा सडक निर्माण र मर्मत सम्भार व्यवस्थापन पनि दिनानुदिन चुनौतीपूर्ण हुँदैछ। यसले गर्दा सडक निर्माण निकै महँगो व्यवसाय हुन पुगेको छ।

सडक निर्माणमा गरिने लगानी वृद्धिसँगै यसको आर्थिक विश्लेषणमा समेत लामो अवधिको लेखाजोखा गर्नुपर्ने अवस्था आएको छ। सिमेन्ट कंक्रिट सडक सुरुमा लगानीको हिसाबले महँगो देखिए पनि लामो अवधिको पूरा जीवनचक्रको विश्लेषण गर्दा समग्रमा सस्तो पर्छ।

हाम्रोजस्तो पहाडैपहाडको देशमा सिमेन्ट उत्पादनका लागि चाहिने चुनढुंगा प्रचुर मात्रामा उपलब्ध छ भने तेल प्रशोधनबाट उत्पादन हुने बिटुमिन आयात गर्नुपर्ने अवस्था छ। नेपालका सिमेन्ट प्लान्टहरु अब यहाँको सिमेन्ट माग पूरा गर्ने अवस्थामा पुगिसकेका छन्। 

बिटुमिनबाट बनेका सडकहरु राम्रो पानी व्यवस्थापनको अभाव र गुणस्तर नियन्त्रण राम्रो हुन नसक्दा एक-दुई वर्षमै बिग्रने अवस्थामा छन्। अझ विदेशबाट आयात गरेर ल्याइने बिटुमिनको गुणस्तर पनि भरपर्दो नभएको पाइएको छ। 

यी कारणले गर्दा कतिपय निकायहरुले स्पष्ट निर्देशिकाहरु नभएकै अवस्थामा पनि हचुवाकै भरमा सिमेन्ट कंक्रिट सडकहरु धमाधम बनाउन थालेका छन्। स्वतःस्फूर्त रूपमा यसरी कंक्रिटका सडकहरु बन्दै जानु बिटुमिन सडकहरुभन्दा पक्कै पनि यी सडकहरुको प्रदर्शन राम्रो भएरै हो। हचुवा रूपले बनेका हुनाले यी कंक्रिट सडकहरुमा पनि निर्माण गुणस्तर नियन्त्रण लगायतका निकै विकृतिहरु आएका पाइएका छन्।

सम्बन्धित निकायहरुले अब ढिलो नगरी सिमेन्ट कंक्रिटका सडकहरु डिजाइन, निर्माण र मर्मतका सम्बन्धमा स्पष्ट निर्देशिकाहरु बनाएर जारी गर्न आवश्यक छ। कस्ता सडकहरुमा सिमेन्ट कंक्रिट प्रयोग गर्ने, कसरी प्रयोग गर्ने, गुणस्तरीय निर्माण कसरी गर्ने भन्ने बारेमा निर्देशिकाहरुले स्ष्ट दिशानिर्देश गर्नुपर्ने हुन्छ।

सिमेन्ट कंक्रिट सडकका केही नराम्रा पक्षहरु भए पनि त्यस्ता प्रभावहरु सजिलै न्यूनीकरण गर्न सकिने किसिमका हुन्छन्। स्वदेशमै उत्पादन हुने कच्चा पदार्थबाट बन्ने भएकाले कालान्तरमा सिमेन्टको उत्पादन लागत पनि घटेर शुरुआती (निर्माण) खर्चमा समेत सिमेन्ट कंक्रिट सडकहरु बिटुमिन सडकहरुसँग प्रतिस्पर्धी हुने कुरामा शंकै छैन। यसकारण सडक निर्माणमा सिमेन्ट कंक्रिट हाम्रा लागि अपरिहार्य प्रविधि हुनेछ।

(इ. शर्मा राजमार्ग र पुल इन्जिनियरिङका विज्ञ हुन्।) 


Share this Story

   

Anjeev Kumar Nepal[ 2021-02-10 03:19:53 ]
यो सिमेन्ट, डन्डी, वालुवा, रोडा प्रयोग गरि ढलान् गरेर बाटो बनाउने चलन विश्वमा कहिँ नभाको कुरा हो अन्तराष्ट्रिय मान्यता अनुसार सडक भनेको कालो नै हुनु पर्छ ढलान गरेको बाटोमा धुलोको कहिल्यै नियन्त्रण हुँदैन यो सब कमिसनको खेल हो ढलान गरेर बाटो बनाउँदा सिमेन्ट, रोडा, बालुवा, फलाम यी सबैको छुट्टा छुट्टै कमिसन खान पाइन्छ अनि हाम्रो जस्तो खनिरनु पर्ने सडकमा खन्दा डन्डी काट्नु पर्ने हुन्छ अनि बाटो कम्जोर हुने चर्किने हुन्छ अहिले हामी हेर्न सक्छौं कति ढलान गरिएको सडकमा डन्डी निस्कीएर बिग्रीएको अवस्था छ जुन मोटर साइकलको चक्कामा छिरेर दुर्घटना पनि भै सकेको छ कुनै पनि हालतमा ढलाने बाटो उपयुक्त छंदै छैन अनि अर्को कुरा यदि चाहने हो भने पुरानो पिच उप्काएर recycle गरि पुन प्रयोग पनि गर्न सकिन्छ


Rimal Returns[ 2021-02-08 03:52:29 ]
One sided article, sponsored by cement and tyre manufacturer. Ignoring carbon emissions on atmosphere on producing cement.


Vikash Raj Satyal[ 2021-02-09 01:43:35 ]
प्लास्टिक रोड भन्ने प्रविधी ले अझै बलियो पानीले नखाने, सस्तो र बाताबरण मैत्री सडक बन्छ। भारत मा १ लाख किमि भन्दा बढी यस्ता सडक बनिसकेका छन। यो प्रबिदी नेपाल को लागि पनि उपयुक्त छ!


Amit Jha[ 2021-02-08 05:32:57 ]
Tyre noise is uncomfortably increased on concrete roads.


Ananda Lamichhane[ 2021-02-10 03:12:56 ]
१ के जि फलामको ९०-९५ रु भैसक्यो अनि त्यो त स्वदेशी उत्पादन हैन आयातमै भर पर्नुपर्छ अनि कसरि ३०% सस्तो होला र इन्जिनियर ज्यु! बलियो त हुन्छ नै कंक्रीट सडक अनि हाम्रो देशको हावापानी लाई उपयुत्त पनि छ जस्तो लाग्छ्।


Narendra Rajbanshi[ 2021-02-10 12:23:38 ]
सरकारी घर कमजोर बनाउने यस्ता घुसखोर Er. हरूको ईती नि बिस्वास हुन्न। जले commission दियो उसैको भाषा बोल्छ हो मा हो मिलाउछ नालायक हरू।।।


Shanu Khadka[ 2021-02-09 11:48:46 ]
सर एउटा जिग्यासा, सडकमा लगाइने कालोपत्रे सल्लोको खोटो ले बन्छ भनेर लागेको थियो तर त्यो रहेनछ। त्यसो भए त्यो सल्लो बाट निकालिने खोटो (लिस्सो)को के बन्ने रहेछ?


Shibaram Kc[ 2021-02-09 03:30:16 ]
आफ्नै देशकाे प्रविधी भएकाे हुँदा सजिलाे त छ तर वातावरणिय हिसावले अलिक नराम्राे नै देखिन्छ,सिमेन्ट संगै फलामे डन्डिकाे पनि आवस्यकता पर्ने हुंदा महङ्गाे नै देखिन्छ,जे हाेस उपयुक्त सिमेन्टकाे मात्रा मिलाएर बनाउन सकेमा टिकाउकाे हिसावले फाईदा नै देखिन्छ....


Feel Puskar[ 2021-02-09 01:54:11 ]
आफ्नै पूँजी र प्रविधि अनि टिकाउ पनि हुने र पैसा देशमै रहने


Pro Critics[ 2021-02-10 08:35:15 ]
Cement ko bato maa friction nai hudaina , Alkatra maa friction hunchha which is good for tyres


Dinesh Joshi[ 2021-02-08 11:33:38 ]
Yakdam ramro soch


Ram Chandra Thapa[ 2021-02-08 01:31:17 ]
Tes bata pauna rojgar la pani tewa pugxa


Dhakal Resham[ 2021-02-10 01:35:04 ]


Chan Rizal[ 2021-02-09 07:18:59 ]
Bekar ho


Manasa Pandey[ 2021-02-09 04:33:55 ]
Khmer gairaheko plastic Pani sadupayog garu


Susant Chhetri[ 2021-02-09 07:20:05 ]


Serap Sherpa[ 2021-02-09 03:15:50 ]
Tathya bichar.


Prem Shrestha[ 2021-02-08 11:33:45 ]
Maile ni yehi sochxu ki kina aatmanirbhar hunama bichar nagarne?


Binod Dhakal[ 2021-02-08 10:30:51 ]
Good


Amit Jha[ 2021-02-08 05:31:57 ]
https://www.wolfpaving.com/blog/bid/85737/asphalt-pavement-vs-concrete-which-one-should-you-choose#:~:text=Concrete%20deteriorates%20with%20salt%20use,to%20melt%20snow%20and%20ice.&text=Asphalt%20pavement%20absorbs%20more%20heat,melt%20much%20quicker%20than%20concrete.


Basu Adhikari[ 2021-02-08 03:49:14 ]
राम्रो विश्लेषण


Dipendra Saud[ 2021-02-08 02:52:45 ]
Goo


Miroj Paudyal[ 2021-02-08 01:00:56 ]
लेख मात्रै हुने भयो काम भऐन हजुर


Dhanjit Bohara[ 2021-02-08 11:41:03 ]
Good ramro kam


Upendra Sapkota[ 2021-02-08 09:41:39 ]
उघाेग चलाउन


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell