काठमाडौं। आन्तरिक हवाई सेवा व्यवसायमा आक्रामक योजना अघि सारेको बुद्ध एयरले जहाज थपेको छ। कम्पनीको सातौं एटीआर-७२ सिरिजको जहाज शुक्रबार साँझ काठमाडौं आइपुगेको छ।
नयाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५:१५ बजे अवतरण भएको हो। आन्तरिक उडानमा सेवालाई सुदृढ पार्दै काठमाडौं बाहिरका एयरपोर्टलाई बेस बनाउने योजना अघि सारेको बुद्धले जहाज थप्न उत्पादकसँग सम्झौता गरेको थियो।
उक्त खरिद सम्झौता अनुसार यो नयाँ जहाज भित्र्याएको हो। शुक्रबार आइपुगेको एटीआरले माघ अन्तिम सातादेखि नियमित उडान गर्ने कम्पनीका बजार तथा बिक्री निर्देशक रुपेश जोशीले बताए।
'जहाजका लागि भंसार प्रक्रियाको काम आइतबार हुन्छ,' उनले भने, 'रंगरोगन गरेर नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेसँगै यो जहाज फेब्रुअरी ७ देखि सञ्चालनमा ल्याउने योजना छ।' दुई महिनापछि थप अर्को एटीआर-७२ सिरिजकै जहाज ल्याउनका लागि कम्पनीले गृहकार्य सुरु गरिसकेको उनले बताए।
अन्तर्राष्ट्रिय गन्तव्यका उडानमा अपेक्षितरूपमा सफल अनुभव गर्न नसकेको बुद्ध एयर आन्तरिक उडानका लागि भने सबैभन्दा बढी सेवा दिने कम्पनी हो। कम्पनीले चाँडै नै तीन वटा जहाज नेपालगञ्ज, विराटनगर र भैरहवा लगायतका गन्तब्यमा नाइट स्टपका लागि राखेर सञ्चालनमा ल्याउने योजना छ।
'काठमाडौं बाहिरका एयरपोर्टलाई बेस बनाएर उडान थाल्ने हाम्रो योजनामा धेरै वटा जहाज आवश्यक छ। कति चाहिन्छ, कति ल्याउने भन्ने चाहिँ अब बिस्तारै उडान संख्या थपेपछि हिसाब आउँछ,' उनले भने, 'कम्पनीले धान्न सकिने र आर्थिक हिसाबले नोक्सान नपर्ने तरिकाले काम गर्नेछ।' आन्तरिक उडानमा दुर्गमका गन्तव्यलाई कम्पनीले उडानको प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए।
बुद्धले हालै रामेछापको मन्थली एयरपोर्टलाई बेस बनाएर पर्वतीय उडानको योजना अघि सारिसकेको छ। शुक्रबार ल्याएको र यसपछि थपिने अर्को गरी एटीआर-७२-५०० सिरिजको जहाजसँगै बुद्धसँग एटीआर सिरिजका जहाज संख्या नौ पुग्नेछ भने कुल जहाज १४ वटा हुनेछ। एटीआर-७२ बाहेक कम्पनीसँग तीनवटा एटीआर-४२ र दुई बीचक्राफ्ट जहाज छन्।
Phul LopchanTamang[ 2021-01-24 06:01:48 ]
एटीअार - 72 बाट न्यारो बडि मा उक्लनु अझ उपलब्धि मान्ने थियौं !
Jitendra Koju[ 2021-01-24 06:51:41 ]
हावामा उड्ने सेकेन्ह्याण्ड जहाज जतिपनि ल्याउन हुने , जमिनमा गुड्ने सेकेन्ह्याण्ड गाडी ल्याउन नहुने किन ??
Santosh Thopra[ 2021-01-24 02:38:32 ]
नया होइन पत्रकार ज्यु थप अर्को लेख्दा राम्रो होला किनकी नयामा कलर भएर नै आउछ नि होईन र?
Prem Sagar Dc[ 2021-01-24 10:34:46 ]
Yo ta india ko jeat airways ko jahaj jasto xa ta ho vadama leya jasto xa
Padam Rai[ 2021-01-24 12:25:34 ]
बधाई छ बुद्ध एयरलाइन्स जसरि बजार अाक्रमक तरिकाले लिईरहेको पनि छ
Prakash Chapagain[ 2021-01-24 06:34:21 ]
Ani photo ta jet airways ko chaa ta secondhand hoo kya hoo😄😄
Swarup Rizal[ 2021-01-24 03:55:55 ]
Wahiyat k ko ? Naya plane ho ra?? Secondhand raix...ajha pic herda ta india ko jetairways lekheko xa khoi k khoi k mat???
Bijay Sitaula[ 2021-01-24 01:54:16 ]
Plane leyera sewa dinu thik ho tara brand new nai kinnu ramro ho. 10 barsa purano plane . Purano technology le garda samasya aauncha . Naya plane kinda karcha badi aayai pani maintaince garna sajelo huncha.
Magar Sujan Barca Lv[ 2021-01-26 12:55:32 ]
फेरि काहाकाे कबाडि उठाएर ल्यायाे कुन्नि।
Nitesh Bikram Basnet[ 2021-01-25 05:24:39 ]
Jet aairways dekhaera Buddha ko prachar 😂
Ramkrishna Adhikari[ 2021-01-25 05:55:23 ]
Kuro bujiyo ...beat body li recondition garara deluxe banako ray Acha . ..
Raghav Koirala[ 2021-01-24 05:43:45 ]
Jet Airways ko paint hatae huncha ni
Navraj Joshi[ 2021-01-26 03:51:46 ]
Yo z airways ko purano biman ho
बिजय बलामी[ 2021-01-24 04:16:52 ]
टिआइए को पूरा भाषा चाहिँ के र छ हौ ?
Gaurav Catwal[ 2021-01-25 02:47:23 ]
best of luck🙏🙏
Bishal Rai Rai[ 2021-01-24 03:13:35 ]
Honey Rahul[ 2021-01-24 02:48:41 ]
mero herpal ko sathi ho buddha air
Honey Rahul[ 2021-01-24 02:48:19 ]
congress Buddha group
Sabin Khadka[ 2021-01-24 05:28:58 ]
saptaakoshi ma jharla ni
Sabin Khadka[ 2021-01-24 05:28:04 ]
kawadi leyara aako yo
Mani Ram Acharya[ 2021-01-24 02:15:08 ]
best of luck.👍️
Santabir Majhi[ 2021-01-24 01:05:59 ]
धेरै राम्रो
Robert Smith[ 2021-01-23 09:42:00 ]
Very good job