अदालतबाट नरेन्द्र मोदी सरकारलाई धक्का, कृषि कानून कार्यान्वयनमा रोक लगायो

बिजमाण्डू
२०७७ पुष २८ गते १६:४८ | Jan 12, 2021

Tata
GBIME

भारतको सर्वोच्च अदालतले नरेन्द्र मोदी सरकारले ल्याएको तीनवटा कृषि कानून कार्यान्वयन नगर्न आदेश दिएको छ।

कृषि कानूनको विरोधमा भारतमा हप्तौंदेखि किसान आन्दोलनरत् छन्। पंजाब, हरियाणा लगायतका राज्यबाट किसान दिल्ली आएर कानूनको विरोध गरिरहेका छन्।

सरकारले किसानलाई दिल्लीको सीमाभित्र प्रवेश गर्न रोक्दै आएको थियो। सर्वोच्चले भने किसानलाई रामलीला मैदानमा प्रदर्शन गर्ने अनुमति दिएको छ। प्रदर्शन गर्न किसानले दिल्लीका प्रहरी प्रमुखलाई निवेदन दिन सक्ने सर्वोच्चले फैसलामा उल्लेख गरेको छ।