सुनको मूल्य घट्ने क्रममा ब्रेक, तोलामा ६ सय रुपैयाँ बढ्यो, चाँदी पनि सामान्य बढोत्तरी

बिजमाण्डू
२०७७ पुष २८ गते १२:२० | Jan 12, 2021
सुनको मूल्य घट्ने क्रममा ब्रेक, तोलामा ६ सय रुपैयाँ बढ्यो, चाँदी पनि सामान्य बढोत्तरी

Tata
GBIME

काठमाडौं। साताको सुरुवातमा आइतबार र सोमबार घटेको सुनको मूल्य मंगलबार भने बढेको लागेको छ। अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँ बढेको हो।

मंगलबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
 
चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। २० रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँ भएको हो।  सोमबार ४० रुपैयाँ घट्दा  प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्ने ब्रेक लाग्दै सामान्य वृद्धि भएको छ। मंगलबार सुन १८५२.२७ डलर र चाँदी प्रतिऔंस २५.२१ डलरमा कारोबार भएको छ। सोमबार सुन प्रतिऔंस १८३१.५४ र चाँदी  २४. ६५ डलरमा कारोबार भएको थियो।