काठमाडौं। धितोपत्र बोर्डले बुकबिल्डिङबाट सेयर जारी गर्न दिने भएपछि दुई कम्पनी अग्रसर देखिएका छन्। बोर्डले गत पुस २३ मा बुक बिल्डिङका लागि मूल्य तय गर्ने ४६ वटा कम्पनीलाई स्वीकृति दिएको थियो।
सर्वोत्तम सिमेन्ट लिमिटेड र सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले साधारणसभा डाक्दै मूल्य बढाबढमा सेयर जारी गर्ने एजेण्डा राखेका छन्।
सर्वोत्तम सिमेन्टले दोस्रो वार्षिक साधारणसभाको विशेष एजेण्डा 'धितोपत्रको प्रारम्भिक निष्कासन बुक बिल्डिङ विधिबाट गर्ने' भनेर राखेको छ। कम्पनीले माघ ६ गते साधारणसभा डाकेको छ।
यसैगरी सोनापुर मिनरल्सले १३औं वार्षिक साधारणसभा माघ २२ गते डाकेको छ। कम्पनीले 'धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन प्रिमियममा जारी गर्ने' एजेण्डा राखेको छ।
Lovely Cat[ 2021-01-12 04:21:39 ]
Aba saman bechna nasakepani ipo premium bata paisa kumlyauna janna thale iniharu le