स्वचालित विद्युतीय कार उत्पादनमा हुण्डाइ र एप्पल सहकार्य गर्दै, तीन वर्षभित्रै उत्पादन थाल्ने

बिजमाण्डू
२०७७ पुष २७ गते ११:१८ | Jan 11, 2021
स्वचालित विद्युतीय कार उत्पादनमा हुण्डाइ र एप्पल सहकार्य गर्दै, तीन वर्षभित्रै उत्पादन थाल्ने

Tata
GBIME
Nepal Life

कोरियाली गाडी उत्पादक कम्पनी हुण्डाइ र अमेरिकी प्रविधि आविष्कारक कम्पनी एप्पलले स्वचालित विद्युतीय कार उत्पादनका लागि मिलेर काम गर्ने भएका छन्।  

हुण्डाइले विद्यतीय गाडीहरू उत्पादन गरिरहेको छ भने एप्पलले सवारीका लागि ब्याट्रीको नयाँ प्रविधिमा काम गरिरहेको छ। नयाँ चरणमा दुवैले स्वचालित विद्युतीय सवारी उत्पादनमा मिलेर काम गर्ने भएका हुन्। सहकार्यका लागि आउँदो मार्चमा यी दुई कम्पनी बीच सम्झौता हुने तयारी रहेको एजेन्सीले जनाएका छन्।

'कोरिया आइटी न्युज' ले तयार पारेको विवरण अनुसार तीन वर्षभित्रै (सन् २०२४ अघि नै) यी कम्पनीले विद्युतीय गाडी उत्पादन सुरु गर्ने योजना बनाएका छन्। 

हुण्डाइ र एप्पलबीच सन् २०२७ देखि 'सेल्फ ड्राइभिङ कार' सार्वजनिक गरिने योजना छ। यी गाडीको उत्पादनका लागि कम्पनीले आफ्नै लगानीमा नयाँ उदयोग संचालनमा ल्याउने अथवा जर्जियास्थित किया मोटर्सको फ्याक्ट्रीबाट उत्पादन गर्ने योजना बनाएको छ।

सन् २०२४ मै एक लाख वटा स्वचालित विद्युतीय गाडी उत्पादन गर्ने योजना बनाएइको कम्पनीले वार्षिक चार लाख गाडी उत्पादन हुने प्लान्टको प्रस्ताव गरेको छ। गत महिना यी दुवै कम्पनीले आगामी वर्ष सन् २०२२ मा सवारीका लागि एप्पल 'बेटा भर्सन' ल्याउने घोषणा गरिसकेका छन्।   

पेसेन्जर भेहिकल सेग्मेन्ट अन्तर्गत स्वचालित विद्युतीय कार उत्पादन योजना बनाएको एप्पलले सन् २०२४ अगाडि आफ्नै ब्याट्री टेक्नोलोजी आविष्कार गर्ने जनाएको छ।