काठमाडौं। मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँञ्जेलीको बार्षिक तलब सुविधा ५६ लाख रुपैयाँले बढेको छ।
अघिल्लो बर्ष बार्षिक एक करोड १४ लाख रुपैयाँ पारिश्रमिकत तथा सुविबा बुझ्दै आएकी उनले गत आर्थिक बर्ष एक करोड ७० लाख ३२ हजार रुपैयाँ बुझेकी छिन्। उनी सञ्चालनमा रहेका २७ बाणिज्य बैंकमा एक्लि महिला प्रमुख कार्यकारी हुन्।
बैंकले आगामी पुस २९ गते डाकेको साधारणसभामा प्रस्तुत गर्न लागेको बार्षिक प्रतिवेदन अनुसार, खुँञ्जेलीले तबब मात्र एक करोड २ लाख रुपैयाँ पाएकी छिन्।
यसबाहेक दसैं भत्ता साढे ८ लाख, बोनस र कल्याणकारी कोष बापत ५६ लाख ७९ हजार, इन्धन सुविधा ३ लाख रुपैयाँ बुझेकी छिन्। यद्यपी उनले आफ्नो आम्दानीमा ३६ प्रतिशत आय कर राज्यलाई बुझाएकी छिन्।
बैंकले प्रबन्धक/उच्च ब्यवस्थापनलाई गत बर्ष तलब बापत ५ करोड १२ लाख रुपैयाँ भुक्तानीगरेको छ। भत्ता बापत ३ करोड ३१ लाख, सञ्चय कोष बापत ४८ लाख, दसैं भत्तामा ५८ लाख ७८ हजार, बोनस र कल्याणकारी कोषमा ३ करोड ५० लाख र इन्धन बापत ४५ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ।
बैंकले गत आर्थिक बर्षको नाफाबाट ३.०५ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। बैंकको हाल १३ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी छ। बोनस सेयरपछि चुक्ता पूँजी एक अर्ब ३३ करोडले बढ्ने छ।
B.r. Pandey[ 2021-01-08 08:48:36 ]
Note chhaapne bank paren r po natr t talab kati pugthyo kati?
Kris Shrestha[ 2021-01-08 08:33:49 ]
म के गरुम त नि ?
Deepak Shakya[ 2021-01-08 06:58:54 ]
Yeti ka paisa key garera khercha garne holi :)yo ceo ley hoina janta ko tax pni kati sofna sakeko kima yeti ko talab ammmmmma