राजस्वमा कोभिड असर अध्ययन गर्दै अर्थमन्त्री पौडेल, कुन क्षेत्रमा कस्तो असर ? 

बिजमाण्डू
२०७७ मंसिर १२ गते ०९:२३ | Nov 27, 2020
राजस्वमा कोभिड असर अध्ययन गर्दै अर्थमन्त्री पौडेल, कुन क्षेत्रमा कस्तो असर ? 


Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले राजस्वमा कोभिडले के कति असर गर्‍यो भनेर त्यसको अध्ययन सुरु गरेका छन्। चालु वर्षमा कोभिडबाट राजस्वमा परेको प्रभावको अध्ययन गरेका हुन्। 

मन्त्रि पौडेलले राजस्वका कर्मचारीहरुलाई राखेर राजस्वमा प्रभाव विश्लेषण गरेका हुन्। चालु वर्षको ४ महिनामा भन्सार महसुल संकलन गत वर्षको सोही अवधिको भन्दा ६.३ प्रतिशत वृद्धि भएको छ।

यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा भने गत वर्षभन्दा ७ प्रतिशतले गिरावट आएको छ। ४ महिनामा उत्पादन बिक्री र सेवाबाट संकलन हुने भ्याटमा १७ प्रतिशतले गिरावट आएको छ। आयातमा लाग्ने भ्याटमा भने ३ प्रतिशतको सुधार छ। 

यो वर्ष प्रतिशतको आधारमा शिक्षा सेवा शुल्क संकलनमा सबैभन्दा धेरै गिरावट आएको छ। गत वर्षको तुलनामा यो वर्ष शिक्षा सेवा शुल्क ६९ प्रतिशतले गिरावट आएको हो। 

आयकरमा सामान्य सुधार भएको छ। आयकर गत वर्षको तुलनामा २.७ प्रतिशत बढेको छ। आन्तरिक राजस्व विभागका अनुसार आयकरमा १.४ प्रतिशतले सुधार भएको छ। यस्तै ब्याजकर ७.२ प्रतिशतको सुधार छ। यस्तै यो वर्ष गैर कर राजस्व संकलनमा पनि गरावट आएको छ। यो वर्ष ९.४ प्रतिशतले गिरावट आएको छ। 

सरकारी संस्थानको आम्दानी घट्यो
संस्थागत आयकरमा सरकारी कम्पनीको योगदानमा गत वर्षको तुलनामा भारी गिरावट आएको छ। गत वर्षको तुलनामा ४ महिनामा सरकारी कम्पनीको योगदान गतवर्ष भन्दा ७५ प्रतिशतले गिरावट आएको छ।

यस्तै पब्लिक लिमिटेड कम्पनीको योगदान ३६ प्रतिशतले वृद्धि भएको छ। यस्तै निजी लिमिटेड कम्पनीको योगदान १५ प्रतिशतले बढेको छ। यसैगरी व्यक्तिगत आयकरमा प्रोप्राइटरसिप पारिश्रमिक कर सामाजिक सुरक्षा कर गत वर्षभन्दा ऋणात्मक देखिएका छन्। यस्तै पुँजीगत लाभकरमा भने ३१ प्रतिशतले सुधार भएको छ। 

लगानीको आयकरमा समग्र १ प्रतिशतले वृद्धि देखिएको छ। यो अवधिमा घर बहाल कर ५ प्रतिशतले घट्दा ब्याजकर ६ प्रतिशतले वृद्धि भएको छ। यस्तै पुँजीगत लाभमा सबैभन्दा धेरै ८३ प्रतिशतको सुधार देखिएको छ। लाभांसमा ३६ प्रतिशत गिरावट छ। यसैगरी लगानीको अन्य आयमा १५ प्रतिशत ऋणात्मक देखिएको छ। 

शीर्षकगत अन्तःशुल्कमा चुरोट र सुर्तिजन्य वस्तुबाट हुने कर संकलनमा १२ प्रतिशत गिरावट छ। मदिरामा १२ प्रतिशतको सुधार छ। यस्तै बियरमा सबैभन्दा धेरै १९ प्रतिशत ऋणात्मक छ।

गैरकर १८ शीर्षक नै ऋणात्मक 

चार महिनामा गैरकरको सबै शीर्षक ऋणात्मक देखिएको छ। क्यासिनो रोयल्टी, वन रोयल्टी, पदयात्रा रोयल्टीबाट हालसम्म कुनै रकम संकलन गर्न सकेको छैन। यसैगरी टेलिफोन स्वामित्वको शुल्क दूरसञ्चार सेवा सुल्क विद्युतीय सम्बन्धी रोयल्टी, भिषा शुल्क राहदानी शुल्क पनि ऋणात्मक देखिएको छ।