काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागले अनलाइन प्रणाली लागु भएका १०८ वटा मालपोत कार्यालयमा दोहोरो श्रेस्ता राख्नुनपर्ने निर्णय गरेको छ।
यस अघि अनलाइनमा सबै डकुमेन्ट राखेर जग्गा किनबेच गरेपनि ढड्डामा पनि श्रेष्ता कायम गरेर दोहोरो काम गर्ने गरिएको थियो। यसले मालपोत कार्यालयमा सेवाग्राहीको भीड बढाएको थियो।
अनलाइनमा फोटो खिचेर बायोमेट्रिक औठाछाप लिइसकेपछि ढडामा पनि औठाछाप लगाउनु अनलाइन प्रणालीको भावना विपरित भएकोले मंसिर १० गतेदेखिनै लागु हुने गरि ढड्डामा छुट्टै श्रेष्ता कायम गर्नु नपर्ने निर्णय गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।
मालपोत कार्यालयमा अहिले मोठ श्रेष्ताका लागि छुट्टै कर्मचारी चाहिन्छन्। कम्प्युटरमा इन्ट्री गरिएको विवरणलाईनै प्रिन्ट गरेर राख्दा पुग्ने भएपछि कर्मचारीको संख्या कम भएपनि पुग्ने पौडेलले बताए।
यस्तै विभागले रोक्का फुकुवाको लागि जग्गाधनी मालपोत कार्यालय आउनै पर्ने व्यवस्थाको पनि अन्त्य गरेको छ। 'फुकुवाको लागि भोलिदेखिनै बैंकका कर्मचारीले फुकुवा गर्न सक्छन्। जग्गा धनी आएर फुकुवा गरे भनेर सहिछाप गर्नु पर्दैन।' पौडेलले भने।
रोक्काको लागि भने विभागले सञ्चय कोषसँग मिलेर सफ्टवेयर निर्माण अन्तिम चरणमा पुगेकोले १ महिनाभित्र रोक्काको लागि पनि जग्गाधनीले मालपोत आउनुनपर्ने पौडेलले बताए।
विभागले बैंकमा जम्मा गरेको भौचरलाई मान्यता दिनुपर्ने निर्णय गरेको छ। यसअघि बैंकमा रकम जम्मा गरेको भौचर हुँदाहुँदै पनि मालपोत कार्यालयले आफ्नै नगद रसिद काट्ने गरेका थिए। यसका लागि पनि हरेक शाखामा छुट्टै कर्मचारी आवश्यक हुन्थे। यसबाट पनि कर्मचारी कटौती गर्न सकिने पौडेलले बताए।
कर्मचारी नभएर सेवाग्राहीले काम ढिलो भयो भनेर गुनासो गर्नुहुन्थ्यो। अव गुनासो गर्ने ठाउँ नै नरहने गरि सेवालाई थप प्रभावकारी बनाउने पौडेलले बताए।
Paul Atm[ 2020-11-25 07:55:05 ]
हार्दिक बधाई शेष दाजु जस्तो राष्ट्र सेवक हुनुपर्छ Shesh Paudel
Narendra Pokhrel[ 2020-11-26 09:26:33 ]
Ghus khane pranali aantya hudaina hola kyre??
Ganesh Kc[ 2020-11-27 02:03:13 ]
गरिबको रगत चुसेर धाडीने मालपोत कार्यालयको जुकाहरु भोकै हुने भय त अब.....
Birendra Bhatt[ 2020-11-26 06:02:06 ]
मालपोत मै गयर लाइन मा बसे का लाई थाहा हुन्छ कस्तो बिडम्बना छ भनेर
Crisz Umes[ 2020-11-28 07:09:33 ]
Online को नाममा कर्मचारीहरुले .... ब्रमह लुट गरिराछ्न?
Binod Moktan Moktan Binod[ 2020-11-26 12:53:12 ]
अब यस्तो हो भने मालपोत को दलेहरुको रुवाबासि हुने भो🤣🤣🤣
Jangbu Sherpa[ 2020-11-27 12:55:04 ]
धेरै राम्रो लाग्यो यो प्रणाली,बधाई सबै लाई।
Keshab Neupane[ 2020-11-28 08:07:54 ]
sakartmak kura
Punu Tamang[ 2020-11-27 01:25:32 ]
Kun kun jillama ho kunni ya gafai ho
Sushil Paudel[ 2020-11-27 12:02:25 ]
हार्दिक बधाई दाजु
Chandrap Pokhrel[ 2020-11-27 11:44:32 ]
Akdam sai kadam
Saroj Ghimire[ 2020-11-27 10:54:25 ]
सहिकाम
Tika Chetri[ 2020-11-27 07:26:54 ]
Badhai xa
Dinesh Shrestha[ 2020-11-27 06:23:57 ]
Thanks
Nabin Maan Palikhe[ 2020-11-27 02:35:59 ]
Guff diyo pheri
Tilak Gc[ 2020-11-26 02:23:38 ]
Bhako xain
Dev Shrestha[ 2020-11-26 01:05:48 ]
Good
Deepak Shivakoti[ 2020-11-26 11:15:33 ]
Good
Rajan Budhathoki[ 2020-11-26 11:03:24 ]
good
Ishwar Neupane[ 2020-11-26 09:04:56 ]
Good
Raju Samal[ 2020-11-26 07:49:28 ]
Good news
बरुण कार्की[ 2020-11-26 06:08:30 ]
Good job
Larijung Tamang[ 2020-11-26 03:34:12 ]
Good job
Dinesh Pandey[ 2020-11-26 02:19:54 ]
Good job
Gokul Limbu[ 2020-11-26 12:21:44 ]
धेरै राम्रो लाग्यो यो प्रणाली