एनएमबि बैंकमा २४सै घण्टा, सातै दिन खाता खोल्न सकिने, यसरी कारोबार गरे क्यासब्याक पाइने





काठमाडौं। एनएमबि बैंकमा २४सै घण्टा र सातै दिन भाइबर, फेसबुक र एनएमबि ई–एपबाट खाता खोल्न सकिने भएको छ। 

फेसबुकबाटै खाता खोल्ने योजना सञ्चालन भईसकेपछि एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एप मार्फत पनि खाता खोल्ने सेवा सुरु गरेको हो। यसबाट मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा लिन सकिन्छ। 

नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरून्तै हुने विज्ञप्तिमा उल्लेख छ। बचत खाता एनएमबिको सोशल अनबोर्डिंग अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोबारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन ५ हजार रुपैयाँसम्म हुने व्यवस्था गरिएको बैंकले जनाएको छ। 

TaTa
Kumari Bank
TVS

ग्राहकले पहिलो पटकको कारोबारमा ई–एनएमबी एपको माध्यमबाट ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाइसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेसा लगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। 

डिजिटल बैंकिङ सेवाको घेरा अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ विज्ञप्तिमा उल्लेख गरिएको छ। 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell