बचतको ब्याज घटाएर आधार दर सस्तो बनाए बैंकहरुले, एनआईसीले उछिन्यो अरु बैंकलाई

बिजमाण्डू
२०७७ मंसिर ३ गते १६:०५ | Nov 18, 2020
बचतको ब्याज घटाएर आधार दर सस्तो बनाए बैंकहरुले, एनआईसीले उछिन्यो अरु बैंकलाई


काठमाडौं। गत असार मसान्तमा आधार दर सस्तो हुनेमध्ये छैठौं नम्बरमा रहेको एनआइसी एसिया बैक असोजमा आइपुग्दा दोस्रो नम्बरमा उक्लिएको छ। 

Tata
GBIME
Nepal Life

उच्च तरलताको फाइदा उठाउँदै बैंकले बचतको ब्याज दर ह्वात्तै घटाएका कारण आधार दर सस्तो भएको हो। सँधा झे यसपाली पनि सबैभन्दा सस्तो आधार दर राष्ट्रिय बाणिज्य बैंकको छ।

एनआइसीले तीन महिनामै आधार दरमा नेपाल इन्भेष्टमेन्ट, नबिल, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बैंकलाई उछिनेको हो।

बैंकले आधार दर कम गर्न बचतको ब्याज दर साढे ६ प्रतितशबाट डेढ प्रतिशतसम्म झारेको छ। यसले गर्दा तीन महिनाअघि ७.७ प्रतिशत रहेको आधार दर साढे ६ प्रतिशतमा आएको हो। त्यसअघिको त्रैमास अर्थात त्रैतमा आधार दर ९.६१ प्रतिशत थियो।

चालु बर्षको पहिलो त्रैमासमा सबैभन्दा कम आधार दर राष्ट्रिय बाणिज्य बैंकको छ। बैंकले ५.८ प्रतिशतको आधार दरलाई ५.७४ प्रतिशत झारेको हो। 

आधार दर कम हुने बैंकमा ऋणको ब्याज सस्तो पर्छ। सरकार र राष्ट्र बैंकले सहुलियत पूर्ण ऋणको ब्याज दर आधार दरमा २ प्रतिशत बढि मात्र तोकेको छ। यसमा सरकारले ५ प्रतिशत अनुदान दिन्छ। यसले गर्दा यो ऋणको ब्याज आधार दर हुने बैंकमा अझ सस्तो पर्छ।

सबैभन्दा बढि आधार दर नेपाल बंगलादेश बैंकको छ। बैंकको आधार दर असार मसान्तको तुलनामा अझ बढेको छ। ८.६२ प्रतिशतको आधार दर ९.८७ प्रतिशतमा उक्लिएको हो। 

अहिले बैंकहरुमा करिव २०० अर्ब अधिक तरलता छ। अधिक तरलता भएका कारण उनीहरुले निक्षेपको लागत कम गर्न बचतको ब्याज घटाइरहेका छन्। बचतको ब्याज घटाएका कारण विगतको तुलनामा आधार दर कम भएको हो। अहिले पहुँचवाला ऋणीले आधार दरमै पैसा पाइरहेका छन्। 

 बैंक   २०७७ असोज   २०७७ असार   २०७६ चैत   २०७६ पुस   २०७६ असोज   बैंक   २०७७ असोज   २०७७ असार   २०७६ चैत   २०७६ पुस   २०७६ असोज 
राष्ट्रिय बाणिज्य बैंक 5.74% 5.80% 6.72% 6.60% 6.60% मेगा 8.00% 8.32% 9.94% 9.76% 10.19%
एनआइसी एसिया 6.50% 7.70% 9.61% 9.62% 9.51% लक्ष्मी 8.09% 9.23% 9.79% 10.09% 10.24%
स्ट्यान्डर्ड चार्टर्ढ 6.61% 7.00% 7.27% 7.33% 7.63% सिद्धार्थ 8.10% 9.03% 9.98% 10.04% 10.02%
नबिल 6.68% 7.32% 7.82% 8.10% 7.94% प्राइम 8.12% 8.62% 9.85% 9.45% 9.67%
नेपाल बैंक 6.81% 6.99% 7.49% 7.82% 7.84% माछापुच्छ्रे 8.31% 9.21% 9.97% 10.26% 10.56%
एभरेष्ट 7.07% 8.05% 8.34% 8.46% 8.52% नेपाल एसबीआइ 8.37% 9.25% 9.86% 9.94% 9.94%
हिमालयन 7.16% 8.38% 8.87% 8.92% 8.93% कुमारी 8.40% 10.08% 10.65% 10.45% 10.68%
ग्लोबल आइएमइ 7.25% 8.42% 9.41% 9.64% 9.44% कृषि विकास बैंक 8.53% 9.26%     10.18%
नेपाल इन्भेष्टमेन्ट 7.34% 7.51% 8.53% 8.53% 8.48% एनसीसी 8.63% 9.03% 10.36% 10.58% 10.77%
प्रभु 7.39% 8.32%     9.24% सेञ्चुरी बैंक 8.68% 9.38% 10.27% 10.35% 10.45%
बैंक अफ काठमाण्डू 7.70% 8.71% 9.33% 9.99% 10.02% सिटिजन्स बैंक 8.81% 9.04% 9.88% 10.35% 10.75%
 सानिमा  7.73% 8.62% 9.25% 9.29% 9.21% सिभिल 8.88% 9.84% 10.92% 10.98% 11.11%
सनराइज 7.80% 8.95% 10.02% 9.99% 9.97% नेपाल बंगलादेश बैंक 9.87% 8.62% 9.89% 9.92% 9.87%
एनएमबि 7.85% 8.95% 9.99% 10.12% 10.33%