एयर अरेबियाले सुरु गर्‍यो आबुधाबी-काठमाडौं नियमित उडान, हाल साताको ४ उडान, ७ पुर्‍याउने योजना

बिजमाण्डू
२०७७ कात्तिक २ गते १६:४१ | Oct 18, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं । एयर अरेबियाले शनिबारदेखि युएईको आबुधाबीबाट काठमाडौंको सिधा नियमित उडान सुरु गरेको छ।

यसअघि साउदी अरेबियाको सारजाह-काठमाडौं नियमित उडान गर्दे आउको एयर अरेबियाले क्षमता विस्तार गर्दे आबुधाबी नियमित उडान सुरु गरेको जनाएको छ।

आबुधाबी-काठमाडौंतर्फ पहिलो अवतरणमा वाटर 'क्यानोन सालुट' सहित उद्घाटन गरिएको थियो। हाल साताको चारवटा उडान अनुमति पाएको कम्पनीले छिटै साताको सातवटा उडान गर्ने योजनामा रहेको जनाएको छ। हाल एयर अरेबियाले सारजाह-काठमाडौं साताको सातवटा उडान गर्दै आएको छ।   

शनिबारदेखि सिधा उडान सुरु गरेको कम्पनीले इतिहादसँग कोड सेयरिङमार्फत उडान संचालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमति लिने प्रक्रिया थाल्ने पनि एयर अरेबियाले जनाएको छ।

इतिहादसँग कोड सेयरिङ अनुमति पाएपछि यात्रुले इतिहादकै फ्लाइट प्लान अनुसारको टिकट खरिद गरी अमेरिका लगायत विभिन्न गन्तब्यको यात्रा गर्न सक्नेछन्। यसका लागि नेपाल आउन चाहने यात्रुले इतिहादको जहाजमार्फत आबुधाबीसम्म आएर आबुधाबीबाट काठमाडौं एयर अरेबियाको जहाजमार्फत आउन सक्ने बताइएको छ ।

यसैगरी आबुधाबी हुँदै अर्को मुलुक जानका लागि यात्रुले काठमाडौं-आबुधाबीसम्म एयर अरेबिया र आबुधाबीदेखि अमेरिका लगायतका अन्य मुलुक इतिहादको जहाजमार्फत जान सक्नेछन्। उडान गन्तब्य अनुसार निश्चित भाडादर तिरेपछि हवाई यात्रुले कोड सेयरिङमार्फत यी दुई अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजबाट उडान सेवा लिन सक्नेछन्। 

लक्जरियस एयरलाइन्स कम्पनी मानिएको इतिहादको संचालन लागत उच्च हुने भएपछि तत्कालका लागि यसले नेपालमा सोझो उडान नगर्ने भएको हो। यद्यपि, आफ्नो ओपरेशन कायम राख्नका लागि कम्पनीले एयर अरेबियासँग भएको सम्झौताअनुसार कोड सेयरिङ गर्ने योजना बनाएको जनाइएको छ।