प्रभु मनि ट्रान्सफरको दसैं उपहार योजना, हरेक साता ३२ इन्चको  टिभी, डिम्याट खाता खोल्दा ५०% छुट

बिजमाण्डू
२०७७ असोज २७ गते १२:२६ | Oct 13, 2020
प्रभु मनि ट्रान्सफरको दसैं उपहार योजना, हरेक साता ३२ इन्चको  टिभी, डिम्याट खाता खोल्दा ५०% छुट

Tata
GBIME

काठमाडौं।  प्रभु मनि ट्रान्सफरले दसैंका लागि विशेष उपहार योजना ल्याएको छ। कम्पनीले 'सुरक्षित मनाऔ पर्व, प्रभुको उपहारसँग' योजना ल्याएको छ। यो योजनाबाट रकम पठाउने र लिने दुबै लाभान्वित हुनेछन्।

यो योजनामा हरेक साता ३२ इन्चको टिभीसहित प्रभु सेटअप बक्स पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रभु क्यापिटलमा प्रभु बैंकको डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पेमार्फत मोबाइल वालेटमा ३० रुपैयाँ बराबरको टपअप र प्रभु डिजिटलबाट नेट तथा टिभीको वार्षिक प्याकेज लिने ग्राहकले दुई महिनाको अतिरिक्त बोनस पाउनेछन्।

यो योजना अक्टोबर १५ देखि नोभेम्बर २० सम्म लागु हुने कम्पनीले जनाएको छ।