कार्यालय जानेलाई जोर-बिजोर प्रणाली लागू नहुने, सार्वजनिक यातायातको भाडा ५०% महँगिने


काठमाडौं । कोरोना भाइरसको संक्रमण बढिरहेकै क्रममा काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो बनाइएको छ। आजदेखि लामो दुरीका बस संचालन सुरु भएको छ।

काठमाडौंभित्र भने यातायातमा जोरबिजोर कायमै राखिएको छ। तर, अत्यावश्यक सेवा र कार्यालयका हकमा भने जोरबिजोरको कुनै व्यवस्था लागू नहुने काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रष्ट पारेको छ।

TaTa
TVS

आजबाट होटल, रेस्टुराँहरु खुला गर्न दिने भए पनि भोजभतेर, जात्रा, महोत्सव, जुलुस लगायतका भीड हुने गतिविधिमाथि भने रोक नै लगाइएको छ। त्यसैगरी कुनै पनि धार्मिक तथा साँस्कृतिक स्थलमा कायम रहेको निषेधाज्ञा जारी राखिएको छ। शैक्षिक संस्था बन्द यथावत नै छ।

सबैखाले सभा तथा गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, मनोरञ्जनका गतिविधि, खेलका गतिविधि, पुस्तकालय, संग्राहलय लगायतका क्षेत्रमा पनि निषेधाज्ञा यथावत राखिएको छ।

आजबाट लामो दुरीका बस भने संचालनमा आउने छन्। बसमा एक लहरमा मात्र यात्रु रहने व्यवस्था गरिएको छ भने भाडादर पनि ५० प्रतिशत महँगो हुनेछ।


Share this Story

   

Bishnu Sapkota[ 2020-09-17 04:49:27 ]
बदमासहरु!जनताका अतिआवश्यक मा भने नियम लाग्ने?यो महामारी मा अनावश्यक को बाहिर निश्कन चाहन्छ र?नियम सबैलाई बराबर पो राम्रो।


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell