आईपीओ बाँडफाँट भएको २० दिनपछि साधना लघुवित्त सूचिकरणका लागि नेप्सेमा, कहिले होला कारोबार?

बिजमाण्डू
२०७७ साउन १८ गते १७:१४ | Aug 2, 2020

Tata
GBIME

काठमाडौं। गत असार २९ गते आईपीओ बाँडफाँट गरेको साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ आजसम्म पनि नेप्सेमा सूचिकृत भएको छैन।

नेपाल स्टक एक्सचेञ्ज सूचिकरण विभागका अनुसार कम्पनीले साउन १८ गते आइतबार मात्रै सेयर सूचिकरणको लागि निवेदन दिएको छ। 

अब, कम्पनीको विवरण हेरेर प्रक्रिया पुरा गरी केही दिनमा सूचिकरण हुने सूचिकरण विभागले जनाएको छ। कम्पनीले आइपिओ बाँडफाँट गरेको २० दिनपछि सूचिकरण प्रक्रियाको लागि नेप्सेमा निवेदन दिएको हो। 

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओे बिक्री गरेको थियो। जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो। बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयर सर्वसाधारणले पाएका थिए।

आईपीओ बिक्री पश्चत कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ पुगेको छ । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने योजना बनाएको छ।