नबिल बैंक लगातार दुई वर्षदेखि युरो मनीको उत्कृष्ट बैंकबाट पुरस्कृत, कार्यसम्पादनमा उत्कृष्ट

बिजमाण्डू
२०७७ साउन १८ गते १०:१९ | Aug 2, 2020
नबिल बैंक लगातार दुई वर्षदेखि युरो मनीको उत्कृष्ट बैंकबाट पुरस्कृत, कार्यसम्पादनमा उत्कृष्ट

Tata
GBIME
Nepal Life

काठमाडौं। नबिल बैंक दोस्रो पटक पनि यूरो मनीद्धारा ‘नेपालको उत्कृष्ट बैंक’ घोषित भएको छ। बेलायतको प्रतिष्ठित पत्रिका यूरो मनीले लगातार दोस्रो पटक पनि नबिल बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको हो।

समकालीन बैंकहरुमध्ये बदलिँदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धि लगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ। 

नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ट ठहरिँदै यूरो मनीले पुरस्कृत गरेको विज्ञप्तिमा उल्लेख छ। 

सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारका रूपमा मानिन्छ। ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ।

सन् १९८४ बाट सञ्चालनमा आएको नबिलका देशभर ११८ शाखा,  १७५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्।