चरा ठोक्किँदा क्षति पुगेको नेवानिको वाइडबडी ‘मकालु’ सि-चेकलाई इण्डोनेशिया, एक सातापछि फिर्ने

बिजमाण्डू
२०७७ साउन १६ गते ०९:३९ | Jul 31, 2020
चरा ठोक्किँदा क्षति पुगेको नेवानिको वाइडबडी ‘मकालु’ सि-चेकलाई इण्डोनेशिया, एक सातापछि फिर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नियमित परीक्षणका लागि नेपाल वायुसेवा निगमले एउटा वाइडबडी जहाज 'मकालु' लागि इण्डोनेशिया पठाएको छ। पहिलो सि-चेकका लागि पठाइएको जहाज आउँदो एक सातापछि अगस्त ७ मा फर्काइने योजना रहेको निगमले जनाएको छ।    

एक महिना अगाडि चरा ठोक्किएर ग्राउण्डेड 'मकालु'को नियमित सि-चेक गर्ने समय आएका कारण पठाइएको निगमले जनाएको छ। चरा ठोक्किएपछि यो जहाजको दाहिने पट्टीको इन्जिनमा समस्या आएको थियो। 

नाइन एन-एएलजेड कलसाइनको यो जहाज १२ दिन अगाडि एयरबसले एउटा अवतरणका लागि अनुमति दिए पनि जहाज उड्न नसकेपछि पुनः ग्राउण्डेड गराइएको थियो।

निगमको इन्जिनियरिङ विभागका अनुसार चरा ठोक्किएपछि जहाजको दाहिनेपट्टि इन्जिनमा रहेको 'फ्रस्ट रिभर्स' नै फेर्नुपर्ने भएको छ। विभागले  जनाएको छ। 

यो जहाज कुवेत-काठमाडौं अवतरण गर्ने क्रममा चरा ठोकिएपछि ग्राउण्डेड अवस्थामा थियो।