सनराइज बैंक र एटी सर्भिसेजबीच रेमिट्यान्स सेवाका लागि सम्झौता, अनलाइनबाटै रकम पठाउन सक्ने

बिजमाण्डू
२०७७ साउन १६ गते १५:४१ | Jul 31, 2020
सनराइज बैंक र एटी सर्भिसेजबीच रेमिट्यान्स सेवाका लागि सम्झौता, अनलाइनबाटै रकम पठाउन सक्ने

Tata
GBIME

काठमाडौं। सनराइज बैंक र हङकङको एटी सर्भिसेजबीच अनलाइनका माध्यमबाट रेमिटेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ।

यो सम्झौंता अनुसार हङकङमा रहेका नेपालीले सरल हिसाबले रकम पठाउन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकका अनुसार एटी सर्भिसेजमार्फत पैसा पठाउँदा तुलनात्मक रुपमा उच्च विनिमय दरमा पठाउन सकिनेछ।

एटीबाट पठाएको रकम केही मिनेटमै सनराइज बैंकको देशभर रहेका १ सय ३४ शाखा, १० विस्तारित काउन्टर र १० हजार भन्दा बढी एजेन्टबाट नगद भुक्तानी लिन सकिने विज्ञप्तिमा उल्लेख छ।