नबिल बैंक भित्र अर्को नबिल, 'डेढ वर्षभित्रै 'डिजिटल भनेकै नबिल' स्थापित हुन्छ'


डिजी बैंकको अवधारणा सार्वजनिक गर्न सिईओ शाहले केही दिन अघि आयोजना गरेको डिजिटल पत्रकार सम्मेलनमा भनेका थिए, आगामी केही वर्षमा डिजी बैंक  अहिलेको नबिलभन्दा ठूलो हुनेछ। तर त्यो ठूलो डिजी बैंकले वाणिज्य बैंकहरुका हरेक प्यारामिटरमा फेरि नबिललाई नम्बर एक नै बनाउला ? अब आउने समयले नै त्यसको जवाफ दिनेछ। 

---

काठमाडौं। ३६ वर्षअघि नबिल बैंकले सेवा सुरु गर्दा त्यहाँ खाता खोल्न आउनेहरु छक्क पर्थे। खै त ढड्डामा नाम लेखेको ?

नबिल बैंकभन्दा पहिले राष्ट्रिय वाणिज्य र नेपाल बैंक जस्ता केही सरकारी बैंक मात्रै थिए। ती बैंकमा आउने र जाने पैसाको हिसाब कागजी ढड्डामा हुन्थ्यो। त्यही बानीमा अभ्यस्तहरु नबिल बैंकको कम्प्युटरबाट दिने सेवा देखेर छक्क पर्थे। 

ग्राहकमा संशय पनि हुन्थ्यो कम्प्युटरमा मात्रै लेखेर हुन्छ ? त्यो त कागजमा जस्तै सधैं कहाँ रहन्छ ? पहिलो कम्प्युटराइज्ड बैंक भएकाले ग्राहकलाई सम्झाएर ढुक्क पार्न नबिलियनहरु मरिमेट्थे।

Sipradee
Sanima Bank
TVS

के ३५ वर्षपछि नबिलियनलाई अब एकपटक फेरि त्यस्तै चुनौतीको सामाना गर्नुपर्ने अवस्था आएको हो ?

+++

जब इन्डोस्वेज (नेपाल इन्भेष्टमेन्ट) बैंकको खरिद प्रक्रियामा चौधरी समूह पृथ्वीबहादुर पाण्डेसँग पछि पर्‍यो। त्यसपछि चौधरी समूह नेपाल अरब बैंकको खरिदमा लाग्यो। एनबी इन्टरनेशनल कम्पनीमार्फत भएको यो खरिदबाट चौधरी समूहले नेपाल अरब बैंकको ५० प्रतिशत माथि सेयर हासिल गर्‍यो। 

कम्प्युटरबाट सेवा सुरु गरेको बैंकले बजारमा यसै पनि आफ्नो छुट्टै छवि बनाइसकेको थियो। बैंकमा चौधरी समूहको बहुमत सेयर भएपछि यो बोर्ड र व्यवस्थापन दुवै ठाउँबाट एग्रेसिभ पनि बन्यो। यसले बजारका अरु प्रतिस्पर्धी बैंकहरुलाई धेरै सूचकमा लामो समयसम्मपछि पार्‍यो।

+++

आठ वर्ष अघि देशमा बैंकको संख्या ३२ पुगिसकेको थियो। सुधारका चरण पार गरेर दुई सरकारी नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक तंग्रिसकेका थिए। नेपाल राष्ट्र बैंकले मर्जर एण्ड एक्विजिसनको नीति सार्वजनिक गर्‍यो।

अब बैंक र बैंकबीच मर्जर हुन थाल्यो। बैंकहरुले बोनस, हकप्रद र एफपिओमार्फत पुँजी जुटाउन थाले। यसले बैंकहरुको व्यापार गर्ने, नाफा कमाउने 'कन्भिनियन्ट' सूत्रहरु परिवर्तन भए।

तर यो बीचमा कुनै पनि बैंक तथा वित्तीय संस्था मर्ज नगरी, हकप्रद सेयर नबाँडी, एफपिओमार्फत थप पुँजी नजुटाई बोनस सेयरमार्फत मात्रै नबिल बैंकले पुँजी वृद्धि गरेर अघि बढ्यो। 

त्यसबाहेक बैंकमा पछिल्ला १० वर्षमा तीनवटा सिईओ परिवर्तन भए। टप म्यानेजमेन्टका धेरै कर्मचारी या त रिटायर्ड भए या उनीहरुले नयाँ संस्था ज्वाइन गरे। त्यहाँ पनि भ्याकुम भयो। 

नेपालमा चलनै छ कुनै काम एउटाले सुरु गर्‍यो भने अर्कोले पनि त्यही नै गर्छ। नबिलले कोरोना महामारीको असहजताका बीच डिजी बैंक सुरु गर्‍यो अब अरु बैंकहरुले पनि यसलाई पछ्याउँदै जाने अनिलको बुझाई छ। नबिल मात्र होस् अरु कोही नआउस् भन्ने उनलाई लागेको छैन। 

---

पुँजी आकार बढेपछि अधिकांश बैंकहरु आक्रामक हुन थालेका थिए। यसबाट स्वाभाविक गतिमा हिँडिरहेको नबिल बैंक विभिन्न प्यारामिटरहरुमा अरु बैंकसँग पछि पर्दै जान थाल्यो।

+++

फेरि एकपटक बैंकको बोर्ड जाग्यो। बैंकले बेलायतको प्राइस वाटर हाउस कुपर (पिडब्लुसी) लाई हायर गर्‍यो। गत वर्ष पिडब्लुसीले नौ महिना लगाएर बैंकका सबल पक्ष र कमजोरीहरु केलायो र बैंकलाई गति दिन बिजनेस प्रोसेस रि-इन्जिनियरिङमार्फत के रणनीतिहरु बनाउनुपर्छ भनेर सुझाव दियो।

'पिडब्लुसीले हामीलाई सयौं रेकेमेन्डेसनहरु दिएको छ,' बैंकका प्रमुख कार्यकारी अधिृकत अनिल शाह भन्छन्, 'तर ती सबै रेकेमेन्डेसनहरु बैंकको डिजिटाइजेसनमा गएर टुंगिन्छन्।'

त्यही रेकेमेन्डेसन पछ्याउँदै एक साता अघि कोरोना महामारीका बीच बैंकभित्र अर्को बैंकको अवधारणामा नबिलले डिजी बैंकको नयाँ भर्टिकल  लञ्च गर्‍यो। कोरोनापछिको न्यू नर्मललाई पछ्याउँदै पिडब्लुसीले दिएको सुधारमा केन्द्रित भएर नबिलको डिजी बैंक सुरु गरेको सिइओ शाहले बताए। उनले यो पूर्णतः नयाँ पुस्तालक्षित हुने जानकारी  दिए।

'नबिल नेपालकै पहिलो कम्प्युटराइज बैंक भएपनि यसको डिजिटाइजेसनमा स्ट्राटेजिक फोकस भने थिएन। सबैतिर डिजिटल अभ्यास हुन थालिसकेको बेला यसैमा 'कोहेसिभ फोकस स्ट्रयाटेजी' चाहिन्छ भनेर हामीले काम थालेका हौं,' शाहले भने। 

बैंकको नबिल एप आएकै १२ वर्ष भइसकेको थियो। तर लकडाउन अघि त्यो त्यति धेरै प्रयोगमा थिएन। बजारको डिमाण्ड हेर्दा डिजिटाइजेसनमा जानुको विकल्प नभएको देखेर नै डिजी बैंकको स्थापनालाई पुस गरेको अनिल शाहले बताए।  

उनले लकडाउनले डिजी बैंकिङलाई अझ नजिक ल्याएको समेत बताए। 'लकडाउन नभएको भए हामी बैंकिङको पुरानो र नयाँ भर्टिकलमा समानन्तर ढंगले काम गरिरहेका हुन्थ्यौं होला, तर लकडाउनले डिजिटल बैंकिङको आवश्यकतालाई अझ गहिरो गरी बढायो,' शाहले भने, 'त्यही भएर हामीले सुरुवाती ९० दिन यसैको गृहकार्यमा बितायौं।'

त्यसैको प्रतिफलस्वरुप यही बीचमा बैंकले डिजिटल सेभिङ डिपोजिट स्किमका रूपमा जेन एन लञ्च गरिसकेको छ भने अब पैसा झिक्न जाँदा चेक बोक्न नपर्ने गरी नयाँ क्यूआर प्रविधि सुरु गर्न लागेको छ।

डेटा माइनिङ
अनिल शाहका अनुसार डिजिटाइजेसनको माध्यमबाट डेटा माइनिङ गर्ने र त्यसैको प्रयोग गरेर बैंकको पर्फर्मेन्स बढाउने रणनीतिमा अब नबिल बैंक प्रवेश गरेको छ। बैंकहरुसँग हरेक ग्राहकका डेटा हुन्छन्। कुन ब्यक्तिसँग कति सम्पत्ति छ, कहाँ बस्छ, कति कमाउँछ, कति खर्च गर्छ, के किन्छ ? सबै डेटा बैंकसँग हुन्छ। 

तर यी सबै डेटाहरु भएर पनि त्यसको प्रयोग हुन नसकेकोमा अनिल शाह खिन्न छन्। 'जति राम्रो डेटा बैंकसँग छ अरु कोहीसँग पनि छैन। सरकारसँग पनि छैन। तर पनि अहिलेसम्म बैंकहरुले डेटाको त्यो खानी छुनै सकेका छैनन्। डेटाको भाउ बुझिएन। त्यसका लागि नै हो डिजिटल स्ट्रयाटेजी अत्यावश्यक भएको,' उनले भने। 

अनिल शाह अहिलेसम्म बैंकहरुले पुस प्रोडक्ट ल्याउने गरेकोमा अब भने डिजिटाइजेसनबाट ग्राहकलाई के चाहिएको छ भनेर बुझ्दै पुल प्रोडक्ट ल्याउन आफूहरुले डिजी बैंक सुरु गरेको बताउँछन्।

'कसैले नबिलको ब्रान्चमा गएर ऋण लिनका लागि आवेदन दिएको छ भने त्यो आवेदन स्वतः डिजिटाइज्ड हुन्छ। त्यो ऋण कहाँ प्रोसेसिङ हुने हो त्यो सिस्टमले  त्यो कर्मचारीलाई नोटिफाइ गर्छ। उसले कति घण्टा भित्र त्यो ऋणको प्रोसेसिङ टुंग्याउने हो त्यो समय भित्र टु्ंग्याउनुपर्छ। उसले काम गरेन भने वा उसले त्यसको प्रोसेसिङ टुंग्याउन सकेन भने उसको सिनियरकहाँ त्यो नोटिफाइ हुन्छ,' सिईओ शाहले भने।

---

डिजी बैंकले कसरी काम गर्छ?
यसले बैंकभित्रै भर्टिकल बैंकका रूपमा काम गर्नेछ। बैंकले त्यसका लागि आन्तरिक र बाह्य दुई प्रकारले कामको बाँडफाँड गरिसकेको छ। आन्तरिकमा बैंकसँग भएको सम्पूर्ण डकुमेन्टको डिजिटाइजेसन हुनेछ। 

यसले लोन प्रोसेसिङ गर्न, नयाँ स्किमहरु डेभलप गर्न, कर्मचारीको परफरमेन्स वृद्धि गर्न र उनीहरुको पर्फरमेन्स अप्रेजल जस्ता क्षेत्रलाई समेट्नेछ।

शाह भन्छन्, 'यसको अर्थ हो बैंकसँग जे जति सूचना र जानकारी छ त्यो सबै अब डिजिटाइज्ड हुन्छ। त्यसरी डिजिटाइज्ड भएको सूचनाका आधारमा हाम्रो उपभोक्ता केन्द्रित रणनीति र प्रोडक्टहरु तयार हुन्छन्।'

उनी भन्छन्, 'जस्तो हामीसँग भएको सम्पूर्ण सूचना र जानकारी डिजिटाइज्ड भएपछि हाम्रो सिस्टमले हामीलाई के भन्छ भने कुन उमेर समूह र कति तलब हुने नेपालीले पहिलो गाडी किन्छ।'

'खाता खोल्दा हामीसँग ग्राहकको उमेर पहिल्यै हुन्छ, उसको कारोबारको विवरण हामीसँग हुन्छ, हाम्रो डेटा सिस्टमले त्यसलाई एनलाइसिस गर्छ र ग्राहक गाडीका लागि ऋण लिन योग्य छ भने हामी त्यो ग्राहकलाई भन्छौं, बधाई छ, तपाईं अटोलोन लागि योग्य हुनुहुन्छ। आउनुस् अब तपाईं पनि गाडी चढ्न थाल्नुस्। हामी त्यो ग्राहकसँग आवश्यक परे मात्रै थप सूचना र जानकारी माग्छौ नभए सिधै अटोलोनको डिस्बर्स नै सुरु हुन्छ,' शाहले डिजी बैंकको काम गर्ने तौरतरिका व्याख्या गरे। 

उनले त्यसलाई थप उदाहरण दिंदै भने, 'नबिलमा भएको कुनै ग्राहक हरेक वर्ष या दुई वर्षमा विदेश घुम्न निस्कन्छ भने हाम्रो सिस्टमले त्यो ग्राहकको ट्राभल हिस्ट्री हेरेर के भन्छ भने तपाईको त फेरि घुम्न जाने समय भयो, आउनुस् हामी तपाईंलाई ट्राभल कार्ड दिन्छौं।' 

क्षमता प्रयोग भएको छैन 
अहिले बैंकहरुले डिजिटल-डिजिटल भनेर कराए पनि १० प्रतिशत क्षमता पनि प्रयोग नभएको उनको दाबी छ। बैंकहरुले गर्ने स्क्यानिङ र प्रिन्टिङको कामलाई नै डिजिटल भनेर मान्ने पक्षमा समेत उनी छैनन्।

'संचारका माध्यमहरुको प्रयोगमात्र गरेर हामी डिजिटल भन्दै रमाउने अवस्था छैन,' उनी भन्छन्, 'डिजिटल भनेपछि एकपटक डेटा सिस्टममा गइसकेपछि सकियो। सबै जानकारी सिस्टमबाटै आउनुपर्‍यो। पटक पटक कागजात र स्क्यानिङ प्रिन्टिङ हुनै भएन !'

'कसैले नबिलको ब्रान्चमा गएर ऋण लिनका लागि आवेदन दिएको छ भने त्यो आवेदन स्वतः डिजिटाइज्ड हुन्छ। त्यो ऋण कहाँ प्रोसेसिङ हुने हो, त्यो सिस्टमले त्यो कर्मचारीलाई नोटिफाइ गर्छ। उसले कति घण्टा भित्र त्यो ऋणको प्रोसेसिङ टुंग्याउने हो त्यो समय भित्र टु्ंग्याउनुपर्छ। उसले काम गरेन भने वा उसले त्यसको प्रोसेसिङ टुंग्याउन सकेन भने उसको सिनियरकहाँ त्यो नोटिफाइ हुन्छ,' सिईओ शाहले भने।

'यसले भित्री र बाहिरी रुपमा दुई वटा रिजल्ट दिन्छ, एक ग्राहकको काम बिना झण्झट समयमा सकिन्छ, दोस्रो भित्री रुपमा कर्मचारीको क्षमता मापन गर्छ,' उनले भने।

उनी अब नबिल बैंकको डिएनए नै डिजिटल हुने बताउँछन्। बैंकभित्रकै कर्मचारीको पर्फर्मेन्स अप्रेजलका लागि पनि यसलाई प्रयोग गरिनेछ। कर्मचारीहरुको लागि तय भएको लक्ष्यहरु हरेक महिना सिस्टमले नै पठाउने छ। त्यो टार्गेट मिट भए नभएको कर्मचारीलाई थाहा दिने र त्यसबाट कर्मचारीले स्वमूल्यांकन र कामको प्रभावकारिता बढाउँदै जाने अवस्था डिजिटाइजेसनबाट आउने उनले बताए।

उनले बैंकले सुरु गरेको डिजिटाइजेसनको नजिताहरु अब विस्तारै ग्राहकले पनि महसुस गर्दै जाने बताए। 'जस्तो हामीले डिजिटाइजेसनकै अवधारणा अनुसार ब्रान्च लेभलबाट क्यूआर डिपोजिटको इन्टरनल टेस्टिङ सुरु गरिसकेकाछौं,' उनले भने।

'यो भनेको बैंकको डिजिटाइजेसनको पहिलो खुड्किलो हो र यसले नबिललाई चेक लेस अवधारणामा लैजान्छ,' सिईओ शाहले भने।

अब ग्राहक आफ्नै खाताबाट पैसा झिक्न जाँदा बैंकको काउण्टरमा जान्छ, उसले आफ्नो स्मार्ट मोबाइलबाट काउण्टरमा भएको क्यूआर कोडमा ज्याप गर्छ। उसले त्यहाँ ज्याप गरेपछि बैंकको उसको खाताको विवरण उसको मोबाइलमा आउँछ। उसले त्यो खाताबाट कति पैसा झिक्ने हो, त्यो विवरण आफ्नो मोबाइलमा हाल्छ। 

'त्यो जानकारी काउण्टरमा बसिरहेको कर्मचारीको सिस्टममा डिस्प्ले हुन्छ। उसले आवश्यक जानकारी परीक्षण गरेपछि ग्राहकले चाहेको पैसा दिन्छ। ग्राहकको पैसा झिक्ने काम तमाम हुन्छ,' शाहले भने।

शाह भन्छन्, 'यसले एक साथ तीन नतिजा दिन्छ, पहिलो ग्राहकले चेक बोकेर हिंड्ने झण्झट मात्रै अन्त्य हुँदैन, उसको समयको बचत पनि हुन्छ। दोस्रो यसबाट चेक प्रिन्ट हुँदाको खर्च घट्छ। तेस्रो बैंकको काउण्टरको इफिसियन्सी र खर्च पनि बचत हुन्छ।' 

तथ्यांक अनुसार बैंकमा पैसा झिक्न जाने ३० मध्ये २० जना आफ्नै खाताबाट पैसा झिक्न गएका हुन्छन्।'एउटा चेक क्यास गर्दा साढे तीनदेखि ५ मिनेट लाग्थ्यो भने क्यूआरबाट गर्दा १ मिनेटमै हुन्छ। त्यसबाट काउण्टरमा कम जनशक्ति भए पनि पुग्छ। यसले बैंकको खर्च पनि घट्छ,' उनले भने। 

बैंकले हुवावे चुनेपछि बजारमा हौवा चलाइएको प्रति अनिल सचेत छन्। 'अब चीनले नेपालको डाटा लाने भो भन्ने अनर्गल प्रचारबाजी समेत सुनेको छु। तर कसैलाई घर भाडामा दियो भन्दैमा घरबेटीले सबै लान्छ भन्ने हो र ?'- उनले प्रश्न गरे-'नबिलको कोर बैंकिङ सिस्टम भारतीय फिनटेक कम्पनी इन्फोसिसको फिनिकल हो।' 

---

शहरबाट गाउँमा पनि विस्तार
डिजी बैंकलाई शहर केन्द्रित मात्र नभई ग्रामीण भेग पनि लक्षित हुने गरी ल्याएको शाहले बताए।  उनी गाउँ गाउँका हाट बजारमा तरकारी बेच्नेसम्म बैंकको डिजिटल पहुँच बनाउने योजना बनाइरहेका छन्।  

साइकलमा तरकारी बेच्नेलाई पनि क्युआर कोडसहितको आइडी कार्ड दिने उनको सोच हो। 'उनीहरुको घाँटीमा क्यूआरकोड भएको आइडी होस् हातमा स्मार्ट मोबाइल। तरकारी किन्नेले क्यूआर कोड ज्याप गरी किनोस् र तरकारी बेच्नेको एकाउन्टमा त्यो पैसा आओस्। 

अनि बेलुकीसम्म तरकारी बेचेर पाएको पैसाले किराना दोकानमा सामान किन्न जाँदा उसले गोजी छामेर पैसा झिक्न नपरोस् त्यही मोबाइलबाट क्यूआर कोड ज्याप गरी दिनभर तरकारी बेचेर कमाएको पैसाबाट तिर्न सकोस्। यहाँ कसैको हातमा पैसा देखिन्न तर कारोबार चलिरहन्छ। तब न डिजिटल !'- गाउँगाउँमा सरसामान किन्ने, मालपोत तिर्नेदेखि बच्चाको स्कुलको फि तिर्ने कामसम्म यसरी नै गर्न सकिन्छ। 

यसबाट क्यास लेस नभए पनि लेस क्यास सोसाइटीको सिर्जना गर्नु शाहको आकांक्षा हो। खासमा डिजी बैंकको अभ्यास पनि यसैमा केन्द्रित रहेको उनले बताए। 

डिजी बैंकको फ्रेम
नबिल भित्र डिजी बैंकको फ्रेम तयार भैसकेको छ। यसैमा लक्षित ७२ जनाको टिम बनिसकेको छ जसलाई विनयकुमार रेग्मीले हाँक्नेछन्। त्यसैका लागि नबिलले कोर बैंकिङ सिस्टमलाई अपग्रेड गर्दैछ भने चीनको हुवावे टेक्नोलोजीलाई हार्डवेयर सोलुसन पार्टनरका रूपमा चुनेको छ। 
यो साझेदारीपछि अहिलेसम्म म्यानुअल्ली गरिरहेका सबै काम डिजिटलमा मुभ हुन थालेका छन्। हुवावेले विशेष गरी बैंकको आन्तरिक सूचना आदानप्रदानका लागि वाइफाइ सिक्स र हार्डवेयर सोलुसन प्रदान गर्न लागेको हो। 

त्यसका लागि बैंकले हुवावे चुनेपछि बजारमा हौवा चलाइएको प्रति अनिल सचेत छन्। 'अब चीनले नेपालको डाटा लाने भो भन्ने अनर्गल प्रचारबाजी समेत सुनेको छु। तर कसैलाई घर भाडामा दियो भन्दैमा घरबेटीले सबै लान्छ भन्ने हो र ?,' उनले प्रश्न गरे। 'नबिलको कोर बैंकिङ सिस्टम भारतीय फिनटेक कम्पनी इन्फोसिसको फिनिकल हो। इन्फोसिस र हुवावे दुवैसँग हाम्रो टाइअप छ। उनीहरु सर्भिस प्रोभाइडर मात्र हुन्। डेटासम्म उनीहरुको पहुँच हुँदैन,' उनले स्पष्ट पारे। 

डकुमेन्टहरु डिजिटाइज्ड भएपछि बैंकले ६/६ महिनाको माइलस्टोन सेट गरेर लक्ष्यहरु तय गरेको छ। आगामी ६ महिनासम्म जे जति काम हुन्छन् त्यो बजारले नदेख्ने अनिल शाह बताउँछन् । यस बीचमा बैंकको इन्टरनल डिजिटाइजेसन हुने र आगामी १८ महिनाभित्र बजारमा डिजिटल भनेकै'नबिल' भन्ने बुझाई स्टाबलिस भइसक्ने उनले दाबी गरे।

त्यसबेलासम्म ग्राहकले बैंकिङ सेवा लिनका लागि कागज बोक्नु नपर्ने र मोबाइलबाटै सबै बैंकिङ सुविधा लिन सक्ने बनाउने उनले बताए।  

डिजी बैंकको विस्तारसँगै परम्परागत बैंकिङका लागि हुँदै आएको शाखा बिस्तारको रफ्तार रोक्ने र कलेक्सन काउन्टरहरु डिजिटल बनाउनमा समय खर्चिने योजना नबिलले बनाएको छ। 'अब नेपालको बजारमा १५० शाखा भयो भने हाम्रो बैंकिङको लक्ष्य हासिल हुन्छ,' शाह शाखाले गर्ने कामको प्रकृति पनि अब बदलिँदै जाने बताउँछन्। कलेक्सन काउन्टरहरुलाई ७५ देखि ८० प्रतिशतसम्म डिजिटल बनाउन सके आफूहरुले तय गरेको लक्ष्य भेट्न गाह्रो नहुने उनको बुझाई छ। 

बैंकको नबिल एप आएकै १२ वर्ष भइसकेको थियो। तर लकडाउन अघि त्यो त्यति धेरै प्रयोगमा थिएन। बजारको डिमाण्ड हेर्दा डिजिटाइजेसनमा जानुको विकल्प नभएको देखेर नै डिजी बैंकको स्थापनालाई पुस गरेको अनिल शाहले बताए।  

---

'नबिल बैंक भनेकै ढुक्क'
नेपालमा चलनै छ कुनै काम एउटाले सुरु गर्‍यो भने अर्कोले पनि त्यही नै गर्छ। नबिलले कोरोना महामारीको असहजताका बीच डिजी बैंक सुरु गर्‍यो, अब अरु बैंकहरुले पनि यसलाई पछ्याउँदै जाने अनिलको बुझाई छ। नबिल मात्र होस् अरु कोही नआउस् भन्ने उनलाई लागेको छैन। 

'हामीले जति पेनिट्रेसन गर्न सक्छौं अरु आए त्यो दायरा अझ फराकिलो हुन्छ। लिडरले वातावरण बनाउँछ। हामीले त्यो गर्न लागेको हो,' उनले गर्वका साथ नबिल लिडरसिप पोजिसनमा भएकैले डिजी बैंक सेटअप गरेको सुनाए। 

अनिल शाह भन्छन् -'३५ वर्षमा नबिलले कमाएकै विश्वास हो। यसरी डिजिटलमा जाँदा ग्राहक हामीप्रति ढुक्क हुन्छन् भनेर नै हामीले सुरु गरेका हौं।  घर घरमा पनि हामी युवाहरुमार्फत जाँदैछौं किनभने पुरानो पुस्तालाई नयाँ पुस्ताले नै सिकाउँछन्।'

अहिलेसम्म मोबाइल बैंकिङ भनेको टपअप गर्नका लागि भन्ने मात्र थियो। बिस्तारै समय बदलियो अब यसैबाट उपभोक्ताहरु बिजुली-पानीको बिल तिर्न सक्नेसम्म भए। 'अब भने अझ एक फड्को माथि जाने र क्यासलेस सोसाइटीतर्फ अघि बढ्ने हो,' उनले भने।

हाल बैंकले डिजी बैंकका लागि आन्तरिक कर्मचारीहरुलाई नै ग्रुम गरिरहेको छ।  कोभिडका कारण आर्थिक भार कम गर्न नयाँ भर्ना नगर्ने र डिजिटलमा फिट हुने स्टाफ छानेर काम गराउने सोच बनाएको उनले बताए। खर्च घटाउने अभियानमा गइरहेका बेला नबिलले ल्याएको नयाँ प्रोडक्टले भार पर्दैन त ? 

उनले भने - 'ब्यालेन्स सिटमा डेफिनेट्ली भार पर्छ। 'इट इज बिग अमाउन्ट'। तर यो हाम्रो लगानी हो खर्च होइन। आगामी वर्ष हाम्रो बैंकको क्यापिटल एक्सपेन्डिचरमा डिजिटाइजेसनमा बाहेक अरु कुनै शीर्षकमा खर्च हुँदैन।'

३५ वर्षमा पायोनियर बैंक बनेपछि अब नबिल बैंकका लागि आगामी बाटो के त ? अनिललाई लाग्छ, नबिलको युनिक स्ट्रेन्थ छ। बैंकमा पुराना अनुभवी पुस्ता र नयाँ युवाहरुको इनर्जी मिक्स छ। डिजिटलका लागि त्यो दुवै जनशक्ति चाहिन्छ। त्यही जनशक्तिलाई लिएर ग्राहक लक्षित सेवा दिनु नै अबको नबिलले हिँड्न चाहेको बाटो हो।  

उनी भन्छन्- 'हामी केमा स्पष्ट छौं भने आज हामी लिडरसिप पोजिसनमा छौं। हाम्रो टिमकै कारण हामी यहाँ छौं र हामीले डिजी बैंक सेट अप गरेका छौं । यो सुरुवात मात्रै हो। ढुक्क हुनुस् आगामी दिनमा १ वर्षमा एउटा होइन, १ महिनामा धेरै प्रतिफल आउने काम हुनेछन्, जुन ग्राहक केन्द्रित हुनेछन्।'

डिजि बैंकको अवधारणा सार्वजनिक गर्न सिईओ शाहले केही दिन अघि आयोजना गरेको डिजिटल पत्रकार सम्मेलनमा भनेका थिए, 'आगामी केही वर्षमा डिजी बैंक अहिलेको नबिलभन्दा ठूलो हुनेछ।' तर त्यो ठूलो डिजी बैंकले वाणिज्य बैंकहरुका हरेक प्यारामिटरमा फेरि नबिललाई नम्बर एक नै बनाउला ? अब आउने समयले नै त्यसको जवाफ दिनेछ। 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell