खातामा पैसा नभइ चेक काट्नेलाई प्रहरीले पक्रियो, सात दिन सम्म कैद र जरिवानाको फैसला

बिजमाण्डू
२०७७ असार २६ गते १६:०७ | Jul 10, 2020


काठमाडौं। खातामा पैसा नभए पनि चेक काटेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई अदालतले कैद तथा जरिवाना गरेको थियो। अदालतले आदेश दिए पनि उनीहरु भागेर बसिरहेका थिए।

Tata
GBIME

बैकिङ कसुर मुद्दामा अदालत पाटनले गत फागुन १८ गते सुनिता चित्रकारलाई  तीन दिन कैद साढे ६ लाख जरिवाना  हुने ठहर गरेको थियो।

यसैगरी गत माघ १४ मा मनोजलाल सिंह सुवाललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई अदालतले सात दिन कैद दश लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरी कारागार चलान गरेको छ।