लकडाउनका कारण रोकिएको दादुरा रुबेला खोप अभियान फेरि सुरु, एनसेलले सहयोग गर्यो

बिजमाण्डू
२०७७ असार १६ गते १६:२६ | Jun 30, 2020

 

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र लकडाउनका कारण रोकिएको राष्ट्रिय दादुरा तथा रुबेला खोप अभियान सुरु भएको छ।

यो अभियान गत वर्ष फागुनमा सुरु गरिएको थियो। लकडाउनका कारण रोकिएको अभियान सुरक्षाका सबै मापदण्ड अपनाई असार ११ गतेबाट फेरि सुरु भएको एनसेलले जारी विज्ञप्तिमा जनाएको छ।

एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाउने राष्ट्रिय अभियानमा सघाउँदै आएको हो।

यो अभियानमा काठमाडौं महानगरपालिकाभित्रका १ लाखभन्दा बढी बालबालिकालाई दादुरा र रुबेलाको खोप लगाउने सरकारको लक्ष्य रहेको छ। एनसेलले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसम्बन्धी जनतेचना अभिवृद्धिमा सहयोग गर्दै आएको छ।

यस अनुसार एनसेलले युनिसेफ तथा साझेदारहरुको प्रावधिक  सहयोगमा खोप अभियानका लागि सञ्चार तथा जनचेतना अभिवृद्धिमा सरकारलाई सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

बालबालिकाको जीवन रक्षासँगै सन् २०२३ सम्ममा दादुरा रुबेला निर्मुल पार्ने सरकार तथा विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पुर्‍याउने लक्ष्य लिएको एनसेलले जनाएको छ।