२० मिनेटलाई कारोबार स्थगितपछि खुलेको बजार बढेकोबढ्यै, वित्तीय क्षेत्रमा झुम्मिए लगानीकर्ता

बिजमाण्डू
२०७७ असार १६ गते १२:०१ | Jun 30, 2020
२० मिनेटलाई कारोबार स्थगितपछि खुलेको बजार बढेकोबढ्यै, वित्तीय क्षेत्रमा झुम्मिए लगानीकर्ता

Tata
GBIME
Nepal Life

अपडेट: २० मिनेट कारोबार स्थगित भएपछि खुलेको सेयर बजार निरन्तर बढिरहेको छ। बजार ५० अंकमाथि पुगिसकेको छ।

काठमाडौं। सोमबार घटेर सर्किट ब्रेकर लगाउनु परेको सेयर बजारमा आज भने बढेर कारोबार स्थगित गर्नु परेको छ। बजार ४ प्रतिशतले बढ्दा २० मिनेटलाई कारोबार स्थगित गर्नु परेको छ।

होटल र म्युचुअल फण्डबाहेक सबै उपसूचक हरियो भएका छन्। बैंकिङ समूह पनि ५२ अंकले बढेको छ। 

११ बजेर ४८ मिनेटमा बजार ४ प्रतिशत अर्थात ४७.५८ अंकले बढेको थियो। कुल १३ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

हिजोजस्तो नागरिक लगानी कोषको आज पनि १० प्रतिशतले मूल्य बढेको छ।