सामसङ एम सिरिजमा आयो ग्यालेक्सी एम११ स्मार्ट फोन, मूल्य १८९९९ रुपैयाँ, यस्ता छन् फिचर



काठमाडौं। स्मार्ट फोन ब्राण्ड सामसङले आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ फोन बजारमा ल्याएको छ। 

यसमा माइन्फिनिटी ओ डिस्प्ले रहेको विज्ञप्तिमा उल्लेख छ। यो समूहमा पर्ने अन्य स्मार्टफोनहरुमध्ये यो कार्यक्षमता बढी रहेको जनाइएको छ।

'ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा आम नेपाली ग्राहकहरुको मन मस्तिष्कमा राम्रो छाप पार्न सफल भएको छ। एम ११ प्रस्तुत गरेसँगै हामी फोन प्रतिको विरासतलाई अझै माथि उठाउन सक्षम भएका छौंं,' विज्ञप्तिमा भनिएको छ। 

Sipradee
Sanima Bank
Riddisiddi Cement

यसमा ६.४ इन्चको एचडी+ इन्फिनिटी-O डिस्प्लेका साथ ५००० एमएएचको ब्याट्री छ। यसको ब्याट्रीले बारम्बार चार्ज नगरी विना रोकावट दिनभर मोबाइल चलाउने सुविधा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ। 

मोबाइल छिटो चार्ज गर्नको लागि १५ वाटको चार्जर तथा फोनलाई अझै बढी सुरक्षा प्रदान गर्न रियर फिंगर प्रिन्ट स्क्यानर जस्ता सुविधा यसमा रहेको छ। ३/३२ जिबी र्‍याम र स्टोरेज क्षमतामा नेपाली बजारमा उपलब्ध यो स्मार्टफोनको स्टोरेज क्षमता माइक्रो एसडी कार्डको माध्यमबाट ५१२ जिबीसम्म सहजै बढाउन पनि सकिन्छ।  

यसको ट्रिपल रियर क्यामरा सेटअप अन्तर्गत सफा एवं चुस्त फोटो खिच्नको लागि १३ मेगा पिक्सलको मेन क्यामरा,  ५ मेगा पिक्सलको अल्ट्रा–वाइड क्यामरा छ। यसमा ११५ डिग्रीको फिल्ड भ्यु रहेको छ, यसले मान्छेका आँखाले जस्तो देख्दछ, त्यस्तै फोटो खिच्ने क्षमता राख्दछ। साथै यसमा २ मेगा पिक्सलको डेप्थ क्यामराको साथ लाइभ फोकस फिचर पनि उपलब्ध छ। 

एम११ मा ८ मेगा पिक्सलको फ्रन्ट क्यामरा छ। यो फोन मेटालिक ब्लु, ब्ल्याक तथा भोइलेट कलरहरुमा उपलब्ध छ। यसको मूल्य १८,९९९ रुपैयाँ छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell