आजबाट खुल्ने सेयर बजारले कुन दिशा पकड्ला? आय कम भएकाले बेच्ने दवाबमा लगानीकर्ता

बिजमाण्डू
२०७७ असार १५ गते ०९:२५ | Jun 29, 2020
आजबाट खुल्ने सेयर बजारले कुन दिशा पकड्ला? आय कम भएकाले बेच्ने दवाबमा लगानीकर्ता


काठमाडौं। लकडाउन अवधिभर जम्मा दुई दिन खुलेर बन्द भएको सेयर बजार चौतर्फी दवाबपछि सोमबारबाट पूर्णरूपमा सञ्चालन हुँदैछ।

Tata
GBIME

लकडाउनका बीच दुई दिन खुल्दा सेयर बजारमा पूरै दिन कारोबार हुन सकेन। बढ्दा र घट्दा २ प्रतिशतको सर्किट लाग्ने ब्यवस्थाले बजार केही समय खुलेरै बन्द भएको थियो।

बजार निरन्तर घटेपछि 'निश्चित' समूहको दबाबमा धितोपत्र बोर्डले कारोबार बन्द गर्ने निर्णय गरेको थियो। मालपोतदेखि चिया पसलसम्म खुलिसक्दा पनि सेयर बजार नखुल्दा नियामकलाई खोल्नैपर्ने दबाब परेको थियो। 

कतिपयले बोर्ड, अर्थमन्त्रालय र नेप्सेका अधिकारीहरुले आफूले किनेको सेयर मूल्य घट्ने डरले बजार बन्द गराएको आरोप लगाएका थिए। केही लगानीकर्ताका संगठनले जुनसुकै बेला पनि तरल अवस्थामा रहनु पर्ने बजारलाई बन्द गर्न भनेका थिए।

लामो समयपछि सोमबार खुल्ने बजारमा किन्नेभन्दा बेच्नेको दबाब हुने लगानीकर्ताहरुको विश्लेषण छ। कोभिड-१९ का कारण जारी लकडाउनका कारण लगानीकर्ताको आय घटेको छ। त्यही भएर उनीहरु सेयर बेच्ने मुडमा छन्। कतिपय भने बजार घट्छ र सेयर उठाउँछु भन्ने मुडमा पनि छन्।

'केही निश्चित समय घट्ला, तर लामो समय घट्छ भन्ने छैन,' विश्लेषक प्रकाश तिवारीले भने, 'जे सुकै भएपनि बजार भने सञ्चालन गर्नु पर्छ। नभए बजारप्रतिको विश्वास नै हराएर जान्छ।'