बिहेको मौसममा सुनको भाउ तोलामा ९१ हजार ३०० रुपैयाँ, चाँदीको पनि भाउ बढ्यो, ९४५ रुपैयाँ पुग्यो

बिजमाण्डू
२०७७ असार १४ गते ११:४७ | Jun 28, 2020
बिहेको मौसममा सुनको भाउ तोलामा ९१ हजार ३०० रुपैयाँ, चाँदीको पनि भाउ बढ्यो, ९४५ रुपैयाँ पुग्यो


काठमाडौं। सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ पुगेको छ। तोलामा ७०० रुपैयाँ बढ्दा सुनको भाउ अहिलेसम्मकै उच्च पुगेको छ।

Tata
GBIME

शुक्रबार सुनको भाउ तोलामा ९० हजा ६०० रुपैयाँ थियो। सरकारी भन्सार र अन्तर्राष्ट्रिय बजारका कारण सुनको  भाउ महँगिएको हो। सरकारले जेठ १५ गते सुनको भन्सार प्रति १० ग्राम २००० रुपैयाँले बढाएको थियो।

कोभिड-१९ का कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेको छ। डलरको भाउ पनि केही माथि गएको छ। यही कारण सुन महँगिएको हो। 

चाँदीको भाउ पनि प्रति तोला ९४५ रुपैयाँ पुगेको छ। गत १० गते पनि चाँदी ९४५ रुपैयाँ थियो। त्यसयता केही घटे पनि आइतबार चाँदी पुरानै मूल्यमा फर्किएको हो।