गाडी कर्जाको सीमा ९० प्रतिशत पुर्‍याउन नाडाको माग, किस्ता तिर्ने सीमा पनि खारेज गर्नु पर्ने

बिजमाण्डू
२०७७ असार १२ गते ०९:२२ | Jun 26, 2020
गाडी कर्जाको सीमा ९० प्रतिशत पुर्‍याउन नाडाको माग, किस्ता तिर्ने सीमा पनि खारेज गर्नु पर्ने


काठमाडौं। गाडी कर्जाको सीमा वृद्धि गर्न सवारी साधन बिक्रेताहरुले राष्ट्र बैंकसँग माग गरेका छन्। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको टोलीले गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी मौद्रिक नीतिमा ऋणको सीमा बढाइदिन माग गरेको हो।

Tata
GBIME

अहिले गाडी किन्नेले ५० प्रतिशत आफ्नो पैसा हाल्नु पर्छ। अनि मात्र बाँकी ५० प्रतिशत बैंकहरुले ऋण दिन्छन्। ब्यवसायीले १० प्रतिशत बैंकले ऋण दिने ब्यवस्था गर्न माग गरेका हुन्।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको पाँच सदस्यीय प्रतिनिधि मण्डलले ऋणको सीमा बढाउँदा सवारी साधन खरिद गर्न चाहनेहरुका लागि सहजता हुने जनाएको छ।

ऋणको सीमा बढ्दा ओरालो लागेको सवारी साधनहरुको आयातमा सुधार आउने,  सरकारको राजस्व प्राप्तिमा स्वभाविक रुपले वृद्धि हुने र देशको अर्थतन्त्र पनि थप चलायमान हुने नाडाले धारणा राखेको छ। 

छलफलमा राष्ट्र बैंकले हायर पर्चेज ऋणको सम्बन्धमा कर योग्य आयको कूल मासिक आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न सकिने अवस्थामा मात्रै ऋण दिनु पर्ने वर्तमान व्यवस्था खारेज गर्नु पर्ने माग राखिएको छ। 

नाडाका तर्फबाट दुलालका साथै उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, सचिव अनुपकुमार बराल र कोषाध्यक्ष सुरेन्द्र उप्रेती उपस्थित थिए।