अमेजनजस्तै ग्यारेजबाट सुरु भएको ‘सस्तोडिलडटकम’, वार्षिक १ अर्बको कारोबार लक्ष्य

भावना शर्मा/बिजमाण्डू
२०७७ असार ११ गते १४:३३ | Jun 25, 2020
अमेजनजस्तै ग्यारेजबाट सुरु भएको ‘सस्तोडिलडटकम’, वार्षिक १ अर्बको कारोबार लक्ष्य

Tata
GBIME
Nepal Life

अहिले युवाहरु विदेश जान मरिहत्ते गर्छन्। विदेश जानुपर्छ, तर सिकेर फर्कदा देश र परिवारलाई फाइदा हुन्छ। अमुन पनि विदेशमा पढेर फर्किए। उनका धेरै आफन्त र साथीभाई बिस्तारै फर्कने क्रम बढेको सुनाउँदै अमुनले भने – 'बुढेसकालमा बुवाआमालाई समय दिन नपाएर आर्यघाटमा मात्र देख्ने छोराछोरीहरु पछुताएका पनि छन्।' परिवारलाई समय दिएर ज्ञान र सीपलाई देशमा लगाएर यहीँ कमाउन सकिन्छ भने युवा पुस्ताहरु पलायन हुनभन्दा यहीँ फर्केर आउन् भन्ने अमुनको आग्रह हो।

काठमाडौं। केही दिन अघिमात्रै  डोल्मा इम्प्याक्ट फण्डले नेपालको इ-कमर्स कम्पनी सस्तो डिल डट कममा १ मिलियन डलर थप लगानी गर्ने सम्झौता भयो। कोरोना महामारीका कारण उत्पन्न लकडाउन, कठिनाई,  दुःख, पीडा, मृत्यु, रोग, ब्यापारघाटा, नोक्सानै नोक्सानका खबरले सिर्जना गरेको नकारात्मक माहोलका बीच आएको यो खबरले अचानक सबैलाई नसोचेको खुशी दियो।

डोल्मा नेपालको इ-कमर्स क्षेत्रमा लगानी गर्ने पहिलो अन्तर्राष्ट्रिय प्राइभेट इक्विटी फण्ड हो। र यसले सस्तो डिल डट कमका थप लगानी गर्ने भएपछि सस्तो डिलका संस्थापक तथा कार्यकारी निर्देशक अमुन थापालाई बधाईको ओइरो मात्रै लागेन थुप्रै युवाहरुको घतलाग्दा म्यासेजहरु पनि आउन थाले। 

उनलाई एक युवाले म्यासेज लेखेका रहेछन् -'घरमा सँधै विदेश जा विदेश जा भनिरहनुहुन्छ। दाई, तपाईंकै कारण हामीले बुवाआमालाई कमाउन विदेश नै जानु पर्दैन नेपालमै पनि काम गरेर देखाउन सकिन्छ भन्ने उदाहरण र कारण देखाउन पायौं। यसका लागि धन्यवाद।'

सम्झौताको एक सातामै टेकुस्थित सस्तो डिलको कार्यालयमा भेटिएका अमुन यी थोरै दिनमा पनि उनले पाएको रेस्पोन्सले निकै उत्साहित बनाएको बताइरहेका थिए। ३३ वर्षका युवा अमुन यतिबेला टक अफ दी टाउन भएका छन् र युवा पुस्ताको रोल मोडल पनि। 

अमेरिकाबाट मार्केटिङमा ब्याचलर सकेर नेपाल फर्किँदा अमुनसँग केही समय यहाँ बिताएर मास्टर्सका लागि फेरि उतै फर्कने योजना थियो। तर नेपालमै सस्तो डिल सुरु गरेर ९ वर्ष संघर्ष गर्दा आज उनीसँग वार्षिक १ अर्ब रुपैयाँको कारोबार गर्ने 'माइलस्टोन टार्गेट' सहितको लोभलाग्दो सफलता छ। सस्तो डिलले आगामी १८ महिनाको लक्ष्य सेट गरिसकेको छ ।

कम्पनीको वार्षिक १ अर्ब रुपैयाँको कारोबार गर्ने महत्वाकांक्षालाई पूरा गर्नकै लागि डोल्मा फण्डको प्रयोग हुने अमुन बताउँछन्। 'कोभिड महामारीका कारण विश्वभर लगानीकर्ताहरुले हात झिकिरहेका बेला हामीले थप एफडिआई भित्र्यायौं। हामीलाई यो भन्दा ठूलो खुशी के हुन सक्छ ? यो पोजेटिभ समाचार हो र यसले यो दुःखद परिस्थितिका बीच पनि सबैलाई 'होप' जगाएको छ जस्तो लाग्छ।'- यो लगानीबाट आफूहरुले नेपालकै अर्थतन्त्रमा प्रभाव पार्नेगरी काम गर्न सक्नेमा अमुन ढुक्क सुनिए। 

सस्तो डिलले कोभिड महामारीमा खाद्यान्नको डेलिभरीका लागि सरकारको खाद्य कम्पनीलाई सित्तैमा सघाउने गरेको छ। कोभिडको समयमा सस्तो डिलले समाजिक सहयोगका रुपमा खाद्य कम्पनीको अर्डरहरुलाई फ्रि डेलिभरी दिएको उनले सुनाए। यस्तै  उनले एनएमबी बैंकसँग काम गर्दा आउने १० प्रतिशत रकम पनि कोभिडकै महामारीको समयमा गरिने बिभिन्न सामाजिक कामका लागि छुट्याएका छन्। विमन फर ह्युमन राइट्सका लागि खाद्यान्न सहयोग तथा नेपाल बार्बर ट्रेड युनियनमार्फत नाईहरुलाई खाद्यान्न जुटाउन पनि सस्तो डिलले सहयोग गरेको छ। 

जुत्ता किन्न खोज्दा बने उद्यमी
सेन्ट जेभियर स्कुलको होस्टेलमा बाल्यकाल बिताएका अमुन प्लस टु सकेलगत्तै १८ वर्षकै उमेरमा अमेरिका पुगेका थिए। ओक्लाहोमाको क्यामरुन युनिभर्सिटीबाट बिजनेसमा ब्याचलर सकेर नेपाल फर्केको बेला उनीसँग खासै केही प्लान थिएन। नेपाल आएको केही दिनपछि उनलाई जुत्ता किन्नुपर्ने भयो। साथीभाईसँग सोधखोज गरे। उनले भनेस्तो जुत्ता कहाँ पाइएला? कसैले न्यूरोड भने कसैले जाउलाखेल।  कसैले भाटभटेनी जाउ भने। त्यस दिन उनले बजारमा ७ घण्टा बिताए। तर पनि चाहेजस्तो विन्टर बुट कतै भेटेनन्। घर फर्किएपछि उनले सोधे- के यहाँ सँधै सामान किन्न यस्तै समय खेर फाल्नुपर्ने हो?

अमेरिकामा हुँदै अनलाइन किनमेलको बानी परेका अमुनलाई नेपालमा एउटा सामान किन्न खर्चिएको त्यो समय ब्यर्थ खेर गएको जस्तो लागिरहेको थियो। साथीभाईसँग अनलाइन किनमेल साइटबारे सोधिखोजी गरे। 'तर यहाँ त त्यस्तो कुनै प्लाटफर्म नै रहेनछ। त्यति नै बेला मैले नेपालमा इ-कमर्स कम्पनीको सम्भावना देखें र क्विक डिसिजन गरें अब मैले यहीँ इ-कमर्स कम्पनी खोल्छु।'- सन् २०११ को कुनै रात अमुनको दिमागमा यसरी बनेको थियो इ-कमर्स कम्पनी सस्तोडिल डट कमको खाका। 

उनको योजना केवल योजना बनाउनकै लागि मात्र थिएन। अमुन अफिस सेटअप गर्नतिर लागे। गैरीधाराको एउटा घरको ग्यारेज मासिक २ हजार रुपैयाँमा भाडामा लिएर उनले काम थाले।  त्यहीँ कम्पाउण्डमा फालिएका पुराना कुर्सीटेबुल उठाएर उनले अफिसका लागि फर्निचरको जोहो गरे ।

इ-कमर्स कम्पनी खोल्ने त भनियो तर वेबपेज डिजाइन गर्न ३-४ लाख लाग्ने रहेछ। हातमा जम्मा ५० हजार रुपैयाँ थियो। अमेरिका रिटर्न अमुन लखरलखर बजार चाहार्न थाले। मान्छेहरु भेट्न थाले। आफ्नै बलबुतामा इ-कमर्स कम्पनी उभ्याउने उनको प्रयास सानो मात्र थिएन, जम्मा १ प्रतिशत मात्र इन्टरनेट पहुँच भएको त्यो समयका लागि उनलाई धेरैले भने जस्तो 'असम्भव' नै लाग्ने खालको थियो। कतिले त उनको योजनालाई 'बहुला काम' पनि भने। 

तर जब अमुनले सफ्टवेयर इन्जिनियर सोधन मानन्धर र सिर्जित राजभण्डारीसँग भेटे, योजनाले साकार रूप लियो। तीनजना मिलेर त्यही सानो ग्यारेजमा  सस्तोडिल डट कमको सुरुवात गरेका हुन्। २ वर्षसम्म तीनै जनाले एक पैसा पनि तलब नलिइ काम गरे। भाँचिएको कुर्सी हप्तैपिच्छे बोलाएर मर्मत गराउनुपर्थ्यो। ५० रुपैयाँ लिएर एकजना कर्मी दाईले बनाइदिन्थें। संघर्षका दिनहरु सम्झँदा अहिले उनी नोस्टाल्जिक हुन्छन्।  'के बहुला जस्तो हिँडिराको भन्ने आफन्तहरु पनि थिए। नाम चलेका ठूला ठूला कम्पनीहरुले तिमीहरुलाई कहाँ पत्याउँछ र ! भन्नेहरुको पनि कमी थिएन। सबैले प्रश्न गर्थे -अमेरिकाबाट पढेर फर्किएको मान्छे के मा अल्झिराको छौं ? त्यसबेला मसँग भन्ने कुरा थिएन।

इ-कमर्स के हो भनेर कन्भिन्स गराउनै गाह्रो थियो। तर मैले हार मानिन।'- अमुनलाई लाग्छ सस्तोडिल आजको अवस्थासम्म आइपुग्नुको एकमात्र कारण यही हो कि उनले कहिल्यै पनि हतास भएर काम छोड्ने सोचेनन्। बरु बिस्तारै  सफलता चाख्दै गए। अहिले सस्तो डिलमार्फत अमुनले एक सय जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् भने अप्रत्यक्ष रूपमा तीन हजारभन्दा बढीले रोजगारी पाइरहेका छन्। 

विश्वका सबैभन्दा धनाढ्य मानिस जेफ बेजोसले अमेजनको बिजनेस प्लान सन् १९९३ मा न्यूयोर्कदेखि सियाटलसम्मको ड्राइभका बेला बनाएका थिए। त्यतिबेला उनले अनलाइन बुकस्टोरका रूपमा थालेको अमेजन अहिले विश्वकै ठूलो इ-कमर्स कम्पनी बनिसकेको छ, र बेजोस विश्वकै धनाढ्य। 

बेजोसले आफ्नो घरकै सानो ग्यारेजमा अमेजनको कार्यालय सुरु गरेका थिए। सन् १९९४ मा ३ लाख डलरको लगानीबाट उनले अमेजन थाल्दा के मात्र सोचेका थिए भने अबको ब्यापार वेब प्रयोगकर्ताहरुको सञ्जालभित्र हुनेछ। अमेजन सुरु गर्नुअघि बेजोस वाल स्ट्रिज इन्भेष्टमेन्ट बैंकर थिए। तर जब उनले  विश्वभर वेब प्रयोगकर्ताहरुको वार्षिक २३०० प्रतिशतले वृद्धि भइरहेको छ भन्ने तथ्यांक भेट्टाए, त्यसैबाट उत्साहित भएर उनले इन्भेष्टमेन्ट बैंकरको करियर छोडेर इ-कमर्सको क्षेत्रमा हाम फालेका थिए। सबैभन्दा पहिले उनले बेच्न सकिने टप २० सामानको तर सुरु गरे किताबबाट। किनभने किताबप्रति मानिसको आकर्षण कहिल्यै सकिने छैन भन्ने बेजोसको मान्यता थियो। 

कम्पनीको वार्षिक १ अर्ब रुपैयाँको कारोबार गर्ने महत्त्वाकांक्षालाई पूरा गर्नकै लागि डोल्मा फण्डको प्रयोग हुने अमुन बताउँछन्। 'कोभिड महामारीका कारण विश्वभर लगानीकर्ताहरुले हात झिकिरहेका बेला हामीले थप एफडिआई भित्र्यायौं। हामीलाई यो भन्दा ठूलो खुशी के हुन सक्छ ? यो पोजेटिभ समाचार हो र यसले यो दुःखद परिस्थितिका बीच पनि सबैलाई 'होप' जगाएको छ जस्तो लाग्छ।'- यो लगानीबाट आफूहरुले नेपालकै अर्थतन्त्रमा प्रभाव पार्नेगरी काम गर्न सक्नेमा अमुन ढुक्क सुनिए। 

अमुन विश्वका सफल ब्यवसायीहरुको उद्यमीहरुको जीवनका संघर्षहरु पढ्छन्। सुरुवाती अप्ठ्याराहरु र तिनलाई चिर्न उनीहरुले गरेका उपायहरुबाट सिक्न कोशिश गर्छन्। अमुनको दैनिकी पनि किताबहरुबाटै सुरु हुन्छ। उनले यो वर्ष ५० वटा किताब पढ्ने संकल्प गरेका छन्। त्यसैले बिहान उठेर मर्निङ वाकको सट्टा उनी किताब नै समाउँछन्।

किताब पढ्दा प्राप्त हुने उर्जा अरु केहीबाट नपाएको अमुनको अनुभव छ। उनी बेजोसका बायोग्राफी पढ्छन्, स्टिब जब्सका सफलताका सूत्रहरु पढ्छन्। भर्खरै उनले पढे सिलिकन भ्यालीका सफल उद्यमी तथा लेखक  बेन होरोविट्जले लेखेको किताब 'ह्वाट यू डु इज हु यू आर' अनि होरोविट्जकै 'द हार्ड थिङ्ग एबाउट हार्ड थिंगस्'। 

ब्यवसायका लागि उपयोगी टेक्निक तथा फिलोसफीका लागि उनी बिजनेसका किताब नै धेरै पढ्छन्।  अमुनले दोहोर्‍याइ तेहर्‍याई पढेको किताब जेफ बेजोसकै हो। किनभने उनी आफैं पनि इ-कमर्सका संस्थापक हुन् र उनको लक्ष्य सस्तो डिललाई पनि अमेजन जस्तै विश्वब्यापी बनाउने छ। 

इ-कमर्स बुझाउने चुनौती
अमुनले जब सस्तो डिल सुरु गरे त्यसबेला नेपालमा इन्टरनेट पेनिट्रेसन जम्मा ९ प्रतिशत थियो। स्मार्ट फोन त परको कुरा देशका सबै भागमा इन्टरनेट पुगेकै थिएन। अहिले इन्टरनेटको पहुँचमा झण्डै ७५ प्रतिशत जनसंख्या छ। ५० प्रतिशतभन्दा बढीको हातमा स्मार्टफोन छ। नेपालजस्तो भौगोलिक र प्राविधिक चुनौती भएको देशका लागि इ-कमर्सबारे बुझाउनु र लजिस्टिकको सहजता बनाउनु नै चुनौतीपूर्ण हुन्छ। 

अहिलेसम्म पनि मानिसहरु काठमाडौंलाई मात्र नेपाल भन्छन्, र ९९ प्रतिशत सप्लाई काठमाडौं केन्द्रित रहेको अमुनको बुझाई छ। 

तर उनी सस्तो डिलबाट नेपालका दुर्गम भूभागमा समेत सहजै सामान पुर्‍याउन चाहन्छन्। अझै पनि पहाडी भेगमा घोडा तथा खच्चडबाट भारी पुर्‍याउनुपर्ने अवस्था छ। अहिलेसम्म  सस्तो डिलले काठमाडौंमा २ दिनसम्म र काठमाडौं बाहिरका जिल्लाहरुमा ५ दिनसम्म लगाएर डेलिभरी गर्ने गरेको छ। तर अमुन चाहन्छन् सस्तो डिलले अर्डर आएको एक दिनमै  सामान डेलिभरी गर्न सकोस्। खासमा इ-कमर्सको खुबी पनि यही नै हो र उनी डोल्मा फण्डबाट आएको रकम लजिस्टिक तथा क्याटेगोरी एक्सपान्सनमा लगानी गर्न चाहेका छन्। 

'सस्तो डिल काठमाडौंलाई भन्दा काठमाडौं बाहिरका मानिसलाई धेरै आवश्यक छ जस्तो मलाई लाग्छ। हामी त्यसै अनुसार आफूलाई बिस्तार गर्ने रणनीतिमा छौं।'- सस्तो डिलले नेपालका दुर्गभ भेगका उत्पादनहरुलाई समेत प्लाटफर्म दिने गरी काम गरिरहेको अमुनले जानकारी दिए।  

केही समयअघि सोलुखुम्बुबाट लोकसेवाको किताब अर्डर आएपछि अमुन गाउँ गाउँमा आफूहरुलाई बिस्तार गर्नुपर्ने मनस्थितिमा पुगेका रहेछन्। 'हेर्नुस् गाउँ गाउँमा विद्यालयमा कोर्स सुरु भएको तीन महिनासम्म पनि किताब पुग्दैन। देशभर आवश्यक लोकसेवाकै किताब युवाहरुको हातमा पर्न यति गाह्रो रहेछ। हामी त त्यो सबै कमी पूरा गर्न सक्छौं नि !'- अमनुले कोभिड महामारीपछि सस्तो डिल एफएमसिजी प्रोडक्टमा छिरेको जानकारी दिँदै अझै धेरै किसिमका सामाग्रीहरुलाई प्लाटफर्म दिने बताउँछन्।

उनले भने -'कोरोनापछि मोटरबाइक कम्पनीहरुले तिम्रो प्लाटफर्मबाट बेच्देउ न भन्दै  पनि आएका छन्। त्यसैले हामीले अब लिजिस्टिक, क्याटेगोरी एक्सपान्सन र डिजिटल पेमेन्टमा काम गर्नुपर्ने धेरै छ। टिमलाई ग्रुम गर्ने एक्सपर्ट बनाउने, टेक्नोलोजी बिस्तार र विकास गर्ने त्यसको लागि विश्वस्तरीय प्रविधिहरुलाई भित्र्याउनुपर्ने आवश्यकता छ।' 

किताब पढ्दा प्राप्त हुने उर्जा अरु केहीबाट नपाएको अमुनको अनुभव छ। उनी बेजोसका बायोग्राफी पढ्छन्, स्टिब जब्सका सफलताका सूत्रहरु पढ्छन्। भर्खरै उनले पढे सिलिकन भ्यालीका सफल उद्यमी तथा लेखक  बेन होरोविट्जले लेखेको किताब 'ह्वाट यू डु इज हु यू आर' अनि होरोविट्जकै 'द हार्ड थिङ्ग एबाउट हार्ड थिंगस्'। 

अमुन  डिजिटल डिभाइडले काठमाडौं र दूरदराजलाई प्रतिस्पर्धात्मक बनाउन नसकेको देखिरहेका छन्। काठमाडौंमा त सबै बिजनेस बिस्तार हुन्छ तर काठमाडौं बाहिरका व्यवसायीले कसरी बजारमा आउने ? उनले ती क्षेत्रका ब्यापारीहरुले अनलाइन प्लाटफर्म प्रयोग नगर्दा साना तथा मझौला उद्योगहरु पछाडि पर्दै जाने कुराले चिन्तित छन्। 

'हाम्रो ठूलो उद्देश्य भनेकै त्यो क्षेत्रका एसएमईलाई डिजिटलमा छिराउने र ति उद्योगहरु जोगाउने हो,' उनले भने। 

सस्तो डिलले नेपाल स्पेसल प्रोजेक्ट संचालन गरिरहेको छ। यसले नेपालका बिभिन्न भेगका विशेष उत्पादनलाई बजारसँग जोड्ने काम गर्छ। भैरहवाको पेडा, जुम्लाको दाल, मुस्ताङको स्याउ, जनकपुरको मिथिला आर्ट, झापाका बाँसका मुडा अनि पाल्पाली ढाका । यस्ता धेरै सामान छन् जुन विशेष छन्। यसलाई किन प्रवर्द्धन नगर्ने ? केही दिनअघि मात्र  उनले यसै बिषयमा पाल्पाली ढाका एसोसिएसनसँग पनि कुरा गरे। पाल्पाको ढाकालाई प्रवर्द्धन गर्न उनले चाल्न खोजेको सुन्दा पाल्पाका ढाका व्यवसायीहरु एकदमै खुशी भएको उनले सुनाए। 

कोभिडले ल्याएको अवसर 
कोभिड महामारीका कारण लकडाउन भएपछि धेरै उद्योग तथा कम्पनीहरु सस्तो डिलको सम्पर्कमा आएका छन्। मोटरसाइकल कम्पनीहरुले समेत सामान बेच्न प्लाटफर्म दिनुपर्‍यो भन्दै आएको अमुनले बताए। सस्तोडिल एफएमसिजी क्याटेगोरीमा छिरेको पनि पछिल्लो समयमा नै  नै हो।  कोभिडका कारण अहिले बजारमा च्याउ झैं अनलाइन सपिङ फस्टाएको अमुनले देखेका छन्।

'महामारीलाई अवसर त भन्नु हुँदैन, तर अवसर आएको पक्कै हो। तर यही हो बेला भन्दै ग्राहक लुट्न थालियो भने त्यसले यस क्षेत्रलाई नै दाग लगाउँछ।'- उनी  इ-कमर्स कम्पनीले सँधै विश्वसनीय बन्नुपर्ने  र गुणस्तरमा ध्यान दिने तथा तोकिएको समयमा डेलिभरी दिन सक्ने खुबी कायम गर्नुपर्ने बताउँछन्।  

सस्तो डिलले कोभिड महामारीमा खाद्यान्नको डेलिभरीका लागि सरकारको खाद्य कम्पनीसँग सित्तैमा सघाउने सम्झौता गरेको छ। कोभिडको समयमा सस्तो डिलले समाजिक सहयोगका रुपमा खाद्य कम्पनीको अर्डरहरुलाई फ्रि डेलिभरी दिएको उनले सुनाए। यस्तै एनएमबी बैंकसँग काम गर्दा आउने १० प्रतिशत रकम पनि कोभिडकै महामारीको समयमा गरिने बिभिन्न सामाजिक कामका लागि छुट्याएका छन्। विमन फर ह्युमन राइट्सका लागि खाद्यान्न सहयोग तथा नेपाल बार्बर ट्रेड युनियनमार्फत नाईहरुलाई खाद्यान्न जुटाउन पनि सस्तो डिलले सहयोग गरेको छ। 

'लाखौं मानिसको पहुँचमा भएको कारण हाम्रो सामाजिक उत्तरदायित्व समेत छ। यो हाम्रो जिम्मेवारी पनि हो।'- उनले भने । 

कम्पनीको वार्षिक १ अर्ब रुपैयाँको कारोबार गर्ने महत्त्वाकांक्षालाई पूरा गर्नकै लागि डोल्मा फण्डको प्रयोग हुने अमुन बताउँछन्। 'कोभिड महामारीका कारण विश्वभर लगानीकर्ताहरुले हात झिकिरहेका बेला हामीले थप एफडिआई भित्र्यायौं। हामीलाई यो भन्दा ठूलो खुशी के हुन सक्छ ? यो पोजेटिभ समाचार हो र यसले यो दुःखद परिस्थितिका बीच पनि सबैलाई 'होप' जगाएको छ जस्तो लाग्छ।'- यो लगानीबाट आफूहरुले नेपालकै अर्थतन्त्रमा प्रभाव पार्नेगरी काम गर्न सक्नेमा अमुन ढुक्क सुनिए। 

हुँदैछ अर्को ठूलो टाइअप
अमुन भन्छन् जीवनका हरेक क्षणहरु सिकाई हुन्। पुराना गल्तीहरुबाट पनि सिक्दै जाने हो। किताबहरुबाट पनि सिक्दै जाने हो। साथीभाई, सहकर्मी, अनुभवी, अग्रजमात्र होइन आफूभन्दा सानाबाट पनि सिक्ने नै हो। जब सबैथोक जानें भन्ने भयो त्यही दिनदेखि मानिस असफल हुन थाल्छ। सिक्ने क्रममा सयौं पटक असफल हुन सकिन्छ, तर हार मान्नु हुँदैन । 

अहिले युवाहरु विदेश जान मरिहत्ते गर्छन्। विदेश जानुपर्छ, तर सिकेर फर्कदा देश र परिवारलाई फाइदा हुन्छ। अमुन पनि विदेशमा पढेर फर्किए। उनका धेरै आफन्त र साथीभाई बिस्तारै फर्कने क्रम बढेको सुनाउँदै अमुनले भने – 'बुढेसकालमा बुवाआमालाई समय दिन नपाएर आर्यघाटमा मात्र देख्ने छोराछोरीहरु पछुताएका पनि छन्।' हामी परिवारलाई समय दिएर ज्ञान र सीपलाई देशमा लगाएर यहीँ कमाउन सकिन्छ भने युवा पुस्ताहरु पलायन हुनभन्दा यहीँ फर्केर आउन् भन्ने अमुनको आग्रह हो।

'अहिलेको स्टेजमै नेपालीहरु विदेशमा धेरै काम गरेर पनि फिर्ता आइरहेका छन् र उनीहरु पनि यहीँ अवसर देखिरहेका छन् ।  आफ्नो देशमा हुनुका फाइदाहरु पनि धेरै हुन्छन्। तर अहिलेको ग्रुमिङ इकोनोमी हेर्दा पनि के लाग्छ भने खासमा नेपाल इज द नेक्स्ट मार्केट।'-  तर सबैको उस्तै जीवन दर्शन हुनुपर्छ पनि भन्दैनन् अमुन। 

उनी हरेक पाँच वर्षको प्लानिङ गरेर अघि बढ्छन्। उनी अबको पाँच वर्षमा नेपालका गाउँघरसम्म पुग्नेगरी सस्तो डिलमार्फत ग्रास रुट मुभमेन्टमा लाग्ने योजना बनाएका छन्। अमुनले देखे अनुसार अबको पाँच वर्षमा नेपालमा बैंकिङ र हाइड्रोपछि इ-कमर्स नै तेस्रो ठूलो सेक्टर हुनेछ। 

हाल सस्तो डिलमा हाल ५० लाख प्रयोगकर्ता आबद्ध भइसकेको भन्दै उनले ती ५० लाखमात्र नभएर 'एज अ लिडर' नै नेपाली इ-कमर्स बजारलाई हाँक्ने दायित्व भएको बताए।  

सस्तो डिलले डोल्मा इम्प्याक्ट फण्डबाट थप लगानी भित्र्याएको धेरै भएकै छैन, अमुन अर्को ठूलो डिलमा ब्यस्त छन् । केही साताभित्रै प्रसिद्ध भारतीय कम्पनीसँग 'बिजनेस टाइअप' को घोषणा गर्ने उनले बताए।  

'यो पनि हाम्रो लागि हिस्टोरिक मुभमेन्ट हुनेछ। यो बिजनेस टाइअपबाट नेपालीलाई धेरै नै फाइदा हुने मैले देखेको छु। अहिले म त्यसमै वर्कआउट गरिरहेको छु।'- अमुनले दुई तीन साताभित्रै बिजनेस सेक्टरमा उत्साह जगाउने अर्को समाचार बाँड्ने वाचा गरे।