भारतको चर्चित साइकल कम्पनी ‘एटलस’ बन्द, वार्षिक ४० लाख सम्म साइकल उत्पादन गरेको इतिहास 




काठमाडौं। भारतको सबैभन्दा ठूलो साइकल कम्पनी ‘एटलस’ विश्व साइकल दिवसकै दिन बन्द भएको छ। ६९ वर्ष पुरानो साइकल कम्पनी विगत केही वर्षयता आर्थिक संकटबाट गुज्रिरहेको थियो ।

कम्पनी सञ्चालन गर्न आवश्यक कच्चा पदार्थ किन्ने पैसा समेत नभएकोले उत्तर प्रदेशको गाजियावाद शाखा पनि बन्द गर्नुपरेको कम्पनीले जनाएको छ।कम्पनीले यस अघि २०१४ मा मध्य प्रदेश र २०१८ मा हरियाणामा रहेको शाखा बन्द गरिसकेको थियो। योसँगै कम्पनीमा कार्यरत करिब ४५० जना कामदारको रोजगारी गुमेको छ।

एटलस कम्पनीले कुनै समय वार्षिक ४० लाख सम्म साइकल उत्पादन गरेर भारतमा रेकर्ड कायम गरेको थियो।

Sipradee
Sanima Bank
Riddisiddi Cement

सन १९५१ मा जानकीदास कपुरले भारतमा एटलस कम्पनीको स्थापना गरेका थिए। स्थापना भएकै वर्ष कम्पनीले १२ हजार भन्दा बढी साइकल उत्पादन गरेको थियो। 

सन १९६५ सम्म आइपुग्दा एटलस भारतकै सबैभन्दा ठूलो साइकल उत्पादन गर्ने कम्पनी बनिसकेको थियो। तर पछिल्लो केही वर्षदेखि कम्पनी आर्थिक संकटबाट गुज्रिएपछि ६ वर्षको अवधिमा कम्पनी पूर्ण रुपमा बन्द भएको छ।


Share this Story

   

Naresh Maharjan[ 2020-06-05 12:51:03 ]
आफुलाई समय अनुसार ढाल्न नसक्नुको परिणाम हो यो ।


Kamal Prasad Subedi[ 2020-06-05 03:37:39 ]
Sad news


Lalit Kumar Agrawal[ 2020-06-04 08:15:00 ]
Nepal ma yasto hune khatra bhadeko cha...


Satyanarayan Keyal[ 2020-06-04 02:53:10 ]
Nepal ma pani yesto hune sakne


Gyanu Shrestha[ 2020-06-04 12:16:07 ]
Sad news....


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell