ब्युटीपार्लर र सैलुन खोल्न दिन माग, जीवन निर्वाह गर्नै गाह्रो भएको सौन्दर्य ब्यवसायीको गुनासो

बिजमाण्डू
२०७७ जेठ २१ गते १२:३२ | Jun 3, 2020
ब्युटीपार्लर र सैलुन खोल्न दिन माग, जीवन निर्वाह गर्नै गाह्रो भएको सौन्दर्य ब्यवसायीको गुनासो



काठमाडौं। सौन्दर्य कला ब्यवसायी संघले  ब्युटीपार्लर तथा सैलुन ब्यवसाय सञ्चालन गर्न दिनका लागि माग गरेको छ। 

Tata
GBIME
Nepal Life

लम्बिँदै गएको लकडाउनले व्यवसाय सञ्चालन गर्न नपाउँदा व्यवसायी गुजारा कसरी चलाउने भन्ने चिन्तामा छन्। त्यसैले गरिखान दिनका लागि ब्यवसाय सञ्चालनमा सहयोग गर्न संघले माग गरेको हो। सरकारबाट ब्यवसायीलाई कुनै राहतको व्यवस्था गर्ने बारे कतै संकेत नदेखिएको गुनासो पनि संघले गरेको छ।

सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको लकडाउन दुई महिना नाघिसकेको छ। सरकारले लगातार मिति लम्ब्याउने गरेकाले जेठ ३२ सम्मको पछिल्लो निर्धारित मितिपछि पनि खुल्छ भन्ने टुंगो छैन। लकडाउन हटिहाले पनि कारोबार तथा व्यवसाय कसरी सञ्चालन गर्न सकिने हो कुनै मापदण्ड तयारी छैन। त्यसमा पनि ब्युटीपार्लर व्यवसायमा आफनो ग्राहकसँग नजिक रहेर सेवा पुर्‍याउनु पर्ने हुन्छ। एकातिर ग्राहकलाई पूरा सुरक्षामा ध्यान राख्नुपर्ने र अर्कोतिर सेवामा खटिने कर्मचारीको पनि उत्तिकै सुरक्षाको व्यवस्था गर्नुपर्ने हुन्छ। 

यस पृष्ठभूमिमा लकडाउनबाट साना एवं मझौला व्यवसायी लगायत सर्वसाधारण नागरिकको जीवन निर्वाहसम्म असहज बन्दै गएको भन्दै संघले उद्योग व्यवसाय संचालनमा सहजता ल्याउन र लकडाउन खुकुलो पारी व्यवसाय संचालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेको हो।