कर्मचारीलाई घर बनाउन सहुलियत ब्याजमा ऋण, एक लाख रुपैयाँको कोरोना बीमा

बिजमाण्डू
२०७७ जेठ १५ गते १८:१२ | May 28, 2020

काठमाडौं। कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना रोकथाम र उपचारमा खटिने राष्ट्र सेवकलाई प्रोत्साहन भत्ता दिने बताए।

Tata
GBIME
Nepal Life

तर उनले प्रोत्साहन भत्ता कति बढेको भन्ने उल्लेख गरेका छैनन्। उनले निजी आवास र सन्ततीलाई पढाउन सहुलियत दरमा कर्जा दिने बताए। उनले सबै राष्ट्र सेवकको एक लाख रुपैयाँसम्मको कोरोना बीमा गरिएको बताए।