बैंकलाई पनि काम लाग्ने गरी राष्ट्र बैंकले ल्यायो लकडाउनमा ‘वर्क फ्रम होम’ को मार्गदर्शन

बिजमाण्डू
२०७७ जेठ ५ गते २१:०१ | May 18, 2020
बैंकलाई पनि काम लाग्ने गरी राष्ट्र बैंकले ल्यायो लकडाउनमा ‘वर्क फ्रम होम’ को मार्गदर्शन

काठमाडौं। नेपाल राष्ट्र बैंकले 'वर्क फ्रम होम' लाई स्वीकृति प्रदान गरेको छ। आफ्ना कर्मचारीका लागि राष्ट्र बैंकले सोमबार मार्गदर्शन जारी गर्दै कामको प्रकृति बमोजिम कर्मचारीलाई घरबाटै कार्यालयको काम गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले आफ्ना कर्मचारीका लाग जारी गरेको यो मार्ग दर्शन बैंक तथा वित्तीय संस्थादेखि बीमा कम्पनीसम्मलाई उपयोगी हुनसक्छ।

घरबाट काम गर्ने स्वीकृति प्राप्त कर्मचारीहरुले निरन्तर रुपमा आफ्ना सुपरिवेक्षक तथा विभाग/कार्यालय/इकाइका प्रमुखसँग सम्पर्कमा रहनु पर्ने हुन्छ।

कर्मचारीले आफ्नो टेलिफोन/मोबाइल तयारी अवस्थामा राख्नु पर्ने हुन्छ। इमेललाई अद्यावधिक रुपमा राखी सम्बन्धित प्रमुखसँग निरन्तर सम्पर्कमा रहनु पर्छ।

आफ्नो हाकिमले सुचित गरेको समयमा अनिवार्य रुपमा कार्यालयमा उपस्थित हुनु पर्छ। एसएमएस/ग्रुप इमेल/ भाइबर/ ह्वाट्स एपजस्ता प्रविधिमार्फत कार्यालय सञ्चालनको लागि आवश्यक सूचना तथा जानकारी प्रदान गर्न सकिने ब्यवस्था पनि राष्ट्र बैंकले मिलाएको छ। साथै कर्मचारीले घरमा रहेको कम्प्युटर/ल्यापटपबाट समेत कार्यालयको इन्टरनेटको सूचना प्राप्त गर्ने ब्यवस्था पनि मिलाइएको छ।

राष्ट्र बैंकले कार्यालय तथा स्वास्थ्य सुरक्षा सम्बन्धमा पनि सावधानी अपनाउन भनेको छ। अनिवार्य रुपमा तापक्रम मापन गर्ने इन्फ्रारेड थर्मोमिटरको ब्यवस्था गर्नु पर्ने छ। कर्मचारी तथा सेवाग्राहीलाई कार्यालय प्रवेशमा अनिवार्य मास्क लगाउन भनिएको छ।

स्यानिटाइजर, मास्कको ब्यवस्था राष्ट्र बैंक आँफैंले गर्ने छ। 

लकडाउनका बेलामा बैंकिङ कार्यालय, मुद्रा ब्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यले निरन्तरता पाउने छ।

बैंक तथा वित्तीय संस्थाहरुबाट नगद दाखिला बुझिलिने सम्बन्धमा सुरुमा शिलबन्द बाक्सा नै बुझी केही दिनपछि मात्र गणना गरि बुझिलिने ब्यवस्था गरिएको छ।

 

DV.load(“https://www.documentcloud.org/documents/6893477-ब-कक-स-व-सञ-च-लन-म-र-गदर-शन-२०७७.js”, {
width: 810,
height: 1000,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-6893477-ब-कक-स-व-सञ-च-लन-म-र-गदर-शन-२०७७”
});