तलब नपाएपछि होटल व्यवसायीप्रति कामदार आक्रोशित, नदिए लकडाउन लगत्तै आन्दोलनमा जाने

बिजमाण्डू
२०७७ जेठ ४ गते १५:५२ | May 17, 2020
तलब नपाएपछि होटल व्यवसायीप्रति कामदार आक्रोशित, नदिए लकडाउन लगत्तै आन्दोलनमा जाने

Tata
GBIME

काठमाडौं। मासिक तलब नदिएको भन्दै होटलमा काम गर्दै आएका श्रमिकले आक्रोश पोखेका छन्। होटल व्यवसायीले तलब नदिएको अवस्थामा लकडाउनलगत्तै आन्दोलनमा जान सक्ने सम्बद्ध मजदुरका संघले जनाएका छन्।

'हामी व्यवसायीसँगै हातेमालो गर्दै यो अवस्थाको सामना गर्न तयार छौं। अहिलेको अवस्थामा सररकारले निर्देशन दिए बमोजिमका कुराहरु कार्यन्वयनमा ल्याइदिए हामीलाई राहत हुनेथियो,' अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघका महासचिव मुक्ति दाहालले भने।

चैत महिनादेखिको मासिक तलब नदिइ पनि व्यवसायीले सरकारसमक्ष बैशाखसम्मको तलब दिएको झुठो जानकारी गराएको नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका महासचिव महेश राज जोशीले बताए। 'विभिन्न बहानामा सरकारसँग राहतको माग राख्ने तर कमर्चारीको तलब नदिने चरित्र निन्दनीय छ,' उनले भने, 'श्रमिकहरुकै श्रमको बलमा विगतदेखि अथाह मुनाफा आर्जन गर्दै आए । पाँचतारे होटेलका साहुहरुले कोरोनाको निहुँमा आफ्ना कामदार कर्मचारीहरुलाई गत चैत यताको तलब दिएका छैनन्।'

बिभिन्न कारण देखाएर सरकारसित राहतको माग राख्नेहरूले कामदार-कर्मचारीलाई तलब पनि उपलब्ध गराएमात्रै इमानदारिता हुने उनले बतए। 'आफ्ना कामदार कर्मचारीहरुलाई तलभसम्म नदिने व्यवसायीहरुको चरित्र निन्दनीय छ,' उनले भने।

वर्षौँदेखि श्रमिकका नाममा छुट्याइएका विभिन्न सञ्चित कोषमा जम्मा गरिएको करिब ८० करोड रुपैयाँ तलब वितरणमा प्रयोग गर्न अनुरोध गरिएको संघले जनाएको छ।

 'विभिन्न बहानामा तलब कम दिने वा अन्य बार्गेनिङ गर्ने खराब नियत राखी कामदार कर्मचारीहरुलाई गलाउने मनसाय हो भने व्यवसायीहरुको त्यो मनसाय एउटा दिवास्वप्नबाहेक केही होइन। कानुन विपरितको चाहना कहिल्यै पूरा हुने छैन,' उनले भने, 'सबै कामदारको तलब  तत्काल भुक्तान गरी बाँच्न पाउने अधिकार सुनिनिश्चित गर्न जोडदार माग गर्दछौं। गरेनन् भने व्यवसायीहरुले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ।'