
काठमाडौँ। सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ २ गते संघीय संसदमा पेस हुने भएको छ। नीति तथा कार्यक्रम पेसबारे राष्ट्रपतिलाई जानकारी दिने मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले निर्णय गरेको छ।
२ गते ४ बजे नीति तथा कार्यक्रम पेस हुनेछ । अहिले संसद्मा प्रिबजेट छलफल चलिरहेको छ। वैशाख ३१ गतेसम्म प्रिबजेट छलफल सकिनेछ । नीति तथा कार्यक्रम पेसपछि संवैधानिक प्रावधान अनुसार वैशाख १५ गते वार्षिक बजेट पेस हुनेछ।