अमेरिकाको युएस नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनएचआइ)ले गरेको अध्ययनमा हाल विश्वका ७५ प्रतिशत अस्पतालमा रहेका करिब एक हजार गम्भीर कोरोना संक्रमितहरुको उपचारमा यस ड्रगको प्रयोग भइरहेको दाबी गरिएको छ। एनएचआइका निर्देशक डा एन्थोनी फउसीले यस ड्रगको प्रयोगबाट पहिलाभन्दा ३१ प्रतिशत बढी मानिस ठीक भइरहेको समेत बताएका छन्।
उनले कोरोना भाइरसलाई 'ब्लक' गर्न 'रेमडेसिविर ड्रग' सक्षम रहेको दाबी समेत गरेका छन्।
अमेरिकाको फुड एन्ड ड्रग एन्मिनिस्ट्रेसनले अमेरिकी कम्पनी गिलिएडसँग 'रेमडेसिविर ड्रग' को उत्पादन बढाएर कोरोना संक्रमितहरुलमई पुर्याउने बारेमा छलफल गरिहरको छ।
कोभिड १९ बाट अति संक्रमित भएकाहरुमा यस ड्रगको प्रयोग प्रभावकारी हुने वैज्ञानिकहरुले बताएका छन्। अमेरिकासँगै भाइरस प्रभावित राष्ट्रहरुमा यस ड्रगको ट्रायल भइरहेको बताइएको छ। चीनमा भने उक्त ड्रगको ट्रयाल 'फेल' भएको बीबीसीले जनाएको छ। चीनले उक्त ड्रगको प्रयोगबाट खासै सकारात्मक प्रभाव नदेखिएको बताउँदै आएको छ।