माछापुच्छ्रे बैंकका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायब महाप्रबन्धकमा बढुवा

बिजमाण्डू
२०७७ बैशाख १४ गते २२:१० | Apr 26, 2020
माछापुच्छ्रे बैंकका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायब महाप्रबन्धकमा बढुवा


Tata
GBIME
Nepal Life

काठमाडौं। माछापुच्छ्रे बैंकका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायब महाप्रबन्धक पदमा बढुवा भएका छन्। उनीहरु बैंकमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए।

बैंकिङ क्षेत्रमा लामो अनुभव भएका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसन हेर्ने गरी जिम्मेवारी दिइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकिङ क्षेत्रमा २० वर्षको अनुभव भएका थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्। सन् २००० बाट बैंकिङ करियर थालनी गरेका थापासँग बैंक अफ काठमाण्डौं तथा सानिमा बैंकमा काम गरेको अनुभव छ। उनी कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन्। थापा बैंकिङ बिजनेस र  हाइड्रोपावर फाइनान्सिङको विज्ञ मानिन्छन्।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी र काठमाण्डौ विश्वविद्यालयबाट एमबीए गरेका न्यौपानेसँग बैंकिङ क्षेत्रमा २२ वर्षको अनुभव छ। जोखिम व्यवस्थापनमा अब्बल न्यौपानेले समग्र बैंकिङ सञ्चालनमा राम्रो दख्खल राख्छन्।

सेल्स र मार्केटिङमा समेत लामो अनुभव भएका न्यौपाने सन् २००४ देखि माछापुच्छ्रे बैंकमा कार्यरत छन्। उनीसँग एभरेष्ट र एनआईसी एशिया बैंकमा काम गरेको अनुभव पनि छ।