बिपन्न देशहरुको कर्जा तिर्ने म्याद थप्न विश्व बैंक र आइएमएफको आग्रह, जि २० देशलाई गर्यो अपिल

बिजमाण्डू
२०७६ चैत्र १३ गते १०:१५ | Mar 26, 2020

Tata
GBIME
Nepal Life

वासिङटन। अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफ तथा विश्व बैंक ने विश्वभरका धनी देशहरुलाई विकाससील तथा गरिब देशहरुले उनीहरुसँग लिएको ऋणको किस्ता तिर्ने म्याद पर सार्न आग्रह गरेको छ।

कोरोना भाइसरको महामारीसँग लड्नकालागि गरिब देशहरुलाई सहज होस् भन्दै ति दुबै अन्तराष्ट्रिय वित्तीय संस्थाले संयुक्त बिज्ञप्ती जारी गरेका छन्।  

बिज्ञप्तीमा भनिएको छ -'विश्व बैंक समूह तथा आईएमएफले के मान्यता राखेको छ भने यस्तो समयमा विकासशील देशहरुकालागि राहतको संकेत तथा बित्तीय बजारहरुकालागि बलियो रहेको संकेत दिनु एकदमै जरुरी छ।'

जि ट्वान्टी देशहरुको गरिब देशहरुमा उत्पन्न हुने कर्जा संकटबारे छलफल गरे लगत्तै दुबै संस्थाको संयुक्त बिज्ञप्ती आएको हो।

बिज्ञप्तीमा जि ट्वान्टी देशका नेताहरुलाई गरिव तथा अस्थिर कर्जा अवस्था गरेका देशहरुको पहिचान गरी उनीहरुकालागि गर्न सकिने द्विपक्षीय  तथा बृहद बित्तीय सहयोग तथा कर्जा सम्बन्धी आवश्यकता पूरा गर्न आवश्यक प्रस्ताव तयार पार्न समेत आह्वान गरिएको छ।

आगामी अप्रिल १६ मा हुने स्प्रिङ मिटिङमा यस प्रस्तावलाई कार्यान्वयनमा लैजाने पनि बिज्ञप्तीमा भनिएको छ।

 विश्व बैंक तथा अन्तराष्ट्रिय मुद्राले अहिलेको अवस्थामा बिकासशील तथा गरिब देशहरुकालागि दिइने राहतका कार्यक्रम अति आवश्यक रहेको पनि जनाएका छन्।