भाटभटेनी समूहबाट कोरोना नियन्त्रण कोषमा सहयोग, एक करोड दिने, थप सहयोग पनि गर्ने





काठमाडौं। भाटभटेनी समूहले कोभिड–१९ विरोधी लडाईंमा तत्काल एक करोड रुपैयाँ खर्च गर्ने भएको छ। 

भाटभटेनी समूहले सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमार्फत यो रकम खर्च गर्ने समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताए। 

‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ,’ गुरुङले भने, ‘हामी उक्त रकमको चेक तत्काल कोषलाई उपलब्ध गराउनेछौं, कोषले आवश्यकता अनुसार परिचालन गर्नेछ।’

TaTa
Sanima Bank
Riddisiddi Cement

विपत्को घडीमा समूहले थप सहयोगको विषयमा पनि सोच बनाएको उनले बताए। ‘मुलुकमा विपत्ति आउँदा हिजो पनि हामीले सक्दो सहयोग गरेका थियौं । यसपालि पनि त्यसका लागि तयार छौं,’ उनले भने।

विश्वव्यापी महामारी कोभिड–१९ को दोस्रो बिरामी नेपालमा समेत देखिइसकेको सन्दर्भमा यसको थप संक्रमण रोक्न र संक्रमितको उपचारमा सहयोग पुर्याउन समूहले उक्त रकम उपलब्ध गराउन लागेको गुरुङको भनाइ छ।

भाटभटेनी समूहले विपत्को अवस्थामा यस किसिमको सहयोग उपलब्ध गराउँदै आएको छ। विगतमा मुलुक भूकम्प, बाढी–पहिरो जस्ता दैवी विपत्तिको चपेटामा परेको बेला पनि सहयोग गर्दै आएको छ। यसबाहेक भाटभटेनी समूहले दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई मेडिकल साइन्स अध्ययनका लागि छात्रवृत्ति समेत उलब्ध गराउँदै आएको छ।


Share this Story

   

भाटभटेनी समूहबाट कोरोना नियन्त्रण कोषमा सहयोग, एक करोड दिने, थप सहयोग पनि गर्ने को लागी १ प्रतिक्रिया(हरु)

Basanta bohara[ 2020-03-30 04:55:03 ]
Sir hamro ghar chai dhangadhi ahile manamaiju kathmandu basdai aayako xu ma student hu milxa bhane malai chamal help garnuhos kina bhane ahile lockdown bhayako karanle garda ime sabai banda bhayako le samasya pareko xa maile paisa 26 gate dinchhu lockdown khule paxi ahile nepal government le bahira jana banda gareko xa sabai banda bhayakole garo bhayako xa
milxa bhane ahile lai help garnuhos ।

   हालसम्म ५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell