कोरोना असर : पानासोनिकले विद्युतीय गाडीका ब्याट्री उत्पादन बन्द गर्ने, कर्मचारीको तलब नकाटिने

बिजमाण्डू
२०७६ चैत्र ८ गते १६:१९ | Mar 21, 2020

Tata
GBIME
Nepal Life

कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने प्रयास स्वरुप पानासोनिक कर्पले नेभेडामा रहेको प्लान्टमा ब्याट्री उत्पादन गर्न बन्द गर्ने घोषणा गरेको छ। अमेरिकी विद्युतीय गाडी निर्माण गर्ने कम्पनी टेस्लासँग मिलेर जापानी कम्पनी पानासोनिकले ब्याट्री बनाउँदै आएको थियो।

टेस्लाले निर्माण गर्ने विद्युतीय गाडीका लागि पानासोनिकले ब्याट्री निर्माण गर्दै आएको थियो। कोरोनाले विश्वका अधिकांश देश लकडाउन हुँदा पानासोनिकले पनि १४ दिनका लागि ब्याट्री उत्पादन गर्ने कार्य स्थगित गरेको बताइएको छ।

ब्याट्री उत्पादन बन्द हुने भएपछि टेस्लाको विद्युतीय गाडी निर्माण गर्ने कार्यमा असन पर्ने सक्ने अनुमान गरिएको छ।

ब्याट्री उत्पादन बन्द भएपनि नेभेडामा विद्युतीय गाडी निर्माण गर्न खटेका कर्मचारीहरुको पारिश्रमिक भने नकाटिने पानासोनिकले जनाएको छ। फ्याक्ट्री बन्द हुने समयमा कर्माचारीहरुले तलब सहित अन्य सुविधा समेत पाउने बताइएको छ।  नेभेडा प्यान्टमा पानासोनिकका करिब ३ हजार ५ सय कर्मचारी छन्।