कर छलीमा उद्योगीलाई सहयोग गरेको आशंकामा अडिटर विनोदको फर्ममा राजस्व अनुसन्धानको छापा

बिजमाण्डू
२०७६ फागुन ५ गते १०:०८ | Feb 17, 2020

Tata
GBIME

वीरगंज। राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले वीरगंजका एक लेखा परिक्षकको फर्ममा छापा मारेको छ। वीरगंज–८ पानीटंकीस्थित बिके कर परामर्श केन्द्रमा टोलीले छापा मारी सबै कागजात नियन्त्रणमा लिएको हो।

छापा मार्न टोली आएको सूचना पाएपछि फर्मका सञ्चालक तथा अडिटर विनोद मण्डल फरार भएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका एक अधिकृतले बताए। वीरगंजका केही ठूला उद्योगहरुले गरेको कर, भ्याट छलीमा अडिटर फर्मले सहयोग गरेको अनुसन्धानमा देखिएपछि छापा हानिएको बताइएको छ।

‘कर छलीमा सहयोग गरेको पाइएको छ’, राजस्व अनुसन्धानका एक अधिकृतले भने, ‘यसमा थुप्रै उद्योगीहरुको लेखा परिक्षण हेर्दै छौँ, धेरै उद्योगी पनि संलग्न छन्।’