अप्टिकल फाइबर बिछ्याउन एनटिएको टेण्डर, अर्घाखाँची, प्युठान, पाल्पा र गुल्मीमा बिछ्याइने

बिजमाण्डू
२०७६ फागुन १ गते १५:५४ | Feb 13, 2020
अप्टिकल फाइबर बिछ्याउन एनटिएको टेण्डर, अर्घाखाँची, प्युठान, पाल्पा र गुल्मीमा बिछ्याइने

Tata
GBIME

काठमाडौ। नेपाल दूरसंचार प्राधिकरणले निर्माण गरिरहेको अप्टिकल फाइबर परियोजना अन्तर्गत विभिन्न चार जिल्लाको लागि टेण्डर प्रक्रिया सुरु गरेको छ।

प्राधिकरणले प्रदेश ५ का अर्घाखाँची, प्युठान, पाल्पा र गुल्मीमा अप्टिकल फाइबर बिछ्याउन टेण्डर मागेको हो।प्राधिकरणले देशैभरिका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक माध्यामिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था तथा केन्द्रमा तीव्र गतिको इन्टरनेट पुर्‍याउने उद्देश्यले यो परियोजना सरकारले अघि बढाएको हो।

प्राधिकरणले ग्रामीण दूरसंचार विकास कोषको रकम प्रयोग गर्दै यो परियोजना निर्माण गरिरहेको छ। विभिन्न १८ वटा प्याकेज बनाई परियोजना निर्माण सुरु गरेको  थियो। यस अन्तर्गत १० वटा प्याकेजको काम सकिएको छ भने अन्य निर्माणको प्रक्रियामा छन्।