सिजी मोटोकर्पले ल्यायो खुसीको साँचो योजना, सुजुकी गाडी किन्दा २ लाख २५ हजारसम्म छुट

बिजमाण्डू
२०७६ माघ २८ गते १६:१९ | Feb 11, 2020
सिजी मोटोकर्पले ल्यायो खुसीको साँचो योजना, सुजुकी गाडी किन्दा २ लाख २५ हजारसम्म छुट

Tata
GBIME

काठमाडौं। सिजी मोटोकर्पले खुसीको साँचो योजना ल्याएको छ।

यो योजनाअन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निशुल्क बिमा पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना सुजुकीका सबै ३५ वटै डिलर पाइनेछ।

कम्पनीले सुजुकीको अल्टो के १०, एसप्रेसो, सेलेरियो, इग्निस, स्वीफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल ६, इको भ्यान, इको कार्गो र सुपर क्यारी विक्री गर्दै आएको छ ।