ब्यवस्थापन संघ अध्यक्षमा किरणकुमार श्रेष्ठ निर्वाचित, बमबहादुर मिश्र र सुमन पोखेरल उपाध्यक्ष

बिजमाण्डू
२०७६ माघ २७ गते १२:२६ | Feb 10, 2020
ब्यवस्थापन संघ अध्यक्षमा किरणकुमार श्रेष्ठ निर्वाचित, बमबहादुर मिश्र र सुमन पोखेरल उपाध्यक्ष


काठमाडौं। नेपाल ब्यवस्थापन संघको अध्यक्षमा किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन्। राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ ब्यक्तिगत तर्फबाट संघमा सदस्य निर्वाचित भएका थिए।

Tata
GBIME
Nepal Life

सदस्यको निर्वाचनपछि त्यहीँबाट बाँकी पदाधिकारीहरु निर्वाचित गर्ने म्यानको विधानमा उल्लेख छ। श्रेष्ठसँग राष्ट्रिय बाणिज्य बैंकसँगै नेपाल बैंकको उच्च ब्यवस्थापनमा बसेर काम गरेको पनि अनुभव छ।

म्यानले यसपालीको उत्कृष्ट ब्यवस्थापक भनेर श्रेष्ठलाई सम्मानसमेत गरेको थियो। 

म्यानको प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र निर्वाचित भएका छन्। उनी संस्थागत सदस्यबाट उपाध्यक्ष निर्वाचित भएका हुन्।

बाँकी पदाधिकारी ब्यक्तिगततर्फबाट निर्बाचित भएका छन्। द्वितीय उपाध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन्। उनी आइएमइ समूहका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी ग्लोबल आइएमइ बैंकको सञ्चालक समिति सदस्य पनि हुन्।

महासचिवमा कृषि विकास बैंकका धर्मानन्द अवस्थी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अनु श्रेष्ठ जोशी निर्वाचित भएकी छिन्।

म्यानमा ११ जना ब्यक्तिगतबाट सदस्य छान्ने ब्यवस्था छ। ६ जना संस्थागतबाट छानिन्छन्। एक जना निवर्तमान अध्यक्ष सदस्य हुने छन् भने अर्को एक जना सरकारले मनोनित गरेर पठाउँछ।