राष्ट्र बैंकमा विश्रुत थापा र रामबहादुर मानन्धर कार्यकारी निर्देशकमा बढुवा, कुन विभाग दिइयो ?

बिजमाण्डू
२०७६ माघ २२ गते ११:३० | Feb 5, 2020


काठमाडौं। विश्रुत थापा र रामबहादुर मानन्धर कामु कार्यकारी निर्देशकमा बढुवा भएका छन्। दुई जना कार्यकारी निर्देशक अवकाश भएपछि उनीहरु निर्देशकबाट बढुवा भएका हुन्।

Tata
GBIME
Nepal Life

केही समयअघि रेवतीप्रसाद नेपाल र रामु पौडेल कार्यकारी निर्देशकमा बढुवा भएका थिए। पौडेल अहिले पनि कामु कार्यकारी निर्देशक छन् भने नेपाल पूर्ण कार्यकारी निर्देशकमा बढुवा भइसकेका छन्।

अबको केही समयमै थापा र मानन्धर पूर्ण कार्यकारी निर्देशक हुने छन्। थापालाई मुद्रा ब्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ। यसमा लक्ष्मीप्रपन्न निरौला प्रमुख थिए। मानन्धरलाई संस्थागत योजना विभाग दिइएको छ। यसमा महेश्वरलाल श्रेष्ठ थिए। निरौला र श्रेष्ठको ठाउँमा थापा र मानन्धर बढुवा भएका हुन्।

यसअघि बढुवा भएका नेपाल भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक छन् भने रामु पौडेल फाइनान्स कम्पनी सुपरिवेक्षण विभागका प्रमुख छन्। बमबहादुर मिश्र भुक्तानी प्रणालीबाट विदेशी विनिमय ब्युवस्थापन विभागमा सरुवा भएका थिए। दीर्घ रावललाई वित्तीय जानकारी इकाइमा लगिएको छ।